
२९ भदौ, काठमाडौं । सर्वोच्च अदालतले एमबीबीएसको प्रवेश परीक्षा लिने बाटो खुला गरेको छ ।
सर्वोच्चको आन्तरिम आदेशकै कारण त्रिवि चिकित्साशास्त्र अध्ययन अध्ययन संस्थान (आईओएम)ले २१ भदौमा तोकेको परीक्षा स्थगित भएको थियो ।
तर न्यायाधीश ईश्वरप्रसाद खतिवडा र मनोजकुमार शर्माको संयुक्त इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिएन । छात्रवृत्तिको विषय मुद्दाको अन्तिम टुंगो हुँदा निवारण हुने र शैक्षिक शत्रको कार्यतालिका नै प्रभावित हुने गरी अन्तरिम आदेश जारी गर्नु सुविधा सन्तुलनको दृष्टिले उपयुक्त नहुने इजलासको ठहर छ ।
राष्ट्रिय चिकित्सा ऐनअनुसार आयोगले परीक्षा सुरु नगरेसम्म प्रवेश परीक्षा रोक्नुपर्ने माग गर्दै सर्वोच्चमा रिट परेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4