Comments Add Comment

सन्दीपले यो सिजन पनि मेलबर्नबाटै बिग ब्यास खेल्ने

काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले यो सिजन पनि मेलबर्न स्टार्सबाटै अस्ट्रेलियाको बिग ब्यास लिग खेल्ने भएका छन् ।

सन्दीप र क्लबबीच सम्झौता भएको उनका नेपाली म्यानेजर रमन सिवाकोटीले पुष्टि गरे । गत सिजन मेलबर्नले नै सन्दीपलाई लिगमा डेब्यू गराएको थियो ।

मेलवर्नले ६० हजार डलरमा आबद्ध गरेको थियो । यो सिजन त्यो भन्दा बढी रकममा सम्झैता भएको बताइएको छ । तर दुबै पक्षले खुलाउन चाहेका छैनन् ।

सन्दीपले यो सिजन पुरै लिग खेल्नेछन् । गत सिजन सुरुमा चार खेल खेलेका उनी पूर्वसम्झौता अनुसार बंगलादेश पि्रमियर लिग खेल्न गए । त्यसपछि राष्ट्रिय टिमको ड्युटीमा आएका उनी अन्तिम तीन खेल खेल्न पुगेका थिए ।

उनी अहिले क्यारेबियन लिग खेलिरहेका छन् । त्यसपछि सिंगापुर र जिम्बाब्वेसँगको सिरिज खेल्न सिंगापुर आइपुग्नेछन् । त्यहाँबाट पाँच खेलको सिरिज खेल्न ओमान जानेछन् ।

राष्ट्रिय टिमबाट खेलेपछि उनी आक्टोबर दोस्रो साता अष्ट्रेलिया जानेछन् र फेब्रअरीमा मात्र र्फकनेछन् । यो सिजनको विग ब्यास लिग डिसेम्बर १७ बाट सुरु हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment