Comments Add Comment

माधवको ‘पारस’मा निश्चल र समिक्षा

निर्माता माधव वाग्लेले निर्देशन गर्न लागेको पहिलो चलचित्रको नाम ‘पारस’ राखिएको छ । चलचित्र ‘लुट’ निर्माण गरेर एकाएक चर्चामा आएका निर्माता वाग्ले आफै चलचित्र निर्माणमा होमिन लागेका हुन् । निर्माता वाग्लेले चलचित्र क्षेत्रमा निर्माता सधै नै ओझेलमा पर्ने भन्दै आफ्नो इच्छा पुरा गर्न निर्देशन गर्न लागेको पनि बताउँदै आएका छन् ।

‘एक अनलक्की मान्छे’को कथालाई पर्दामा सुनाउने तयारी उनले गरेका छन् । चलचित्रको शिर्ष भूमिकामा कलाकार निश्चल बस्नेतले काम गर्न लागेका छन् । चलचित्रमा कलाकार सन्दिप क्षेत्रीको पनि मुख्य भूमिका रहनेछ । निश्चल अहिले चलचित्र ‘घामड शेरे’को काममा व्यस्त छन् । चलचित्रको छायांकन तिहारपछि सुरु हुनेछ ।

चलचित्रमा निश्चलको जोडीको रुपमा समिक्षा पोखरेलले काम गर्न लागेको वुझिएको छ । समिक्षा टिकटकमा चर्चामा छिन् । वुझिएअनुसार, यो चलचित्रलाई यो बर्षको चैत्र २८ गतेबाट रिलिज गर्ने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment