Comments Add Comment

भ्रमण वर्षमा एनआरएन परिचालन गरौं : सांसद

३० भदौ, काठमाडौं । नेपाल भ्रमण वर्ष सफल बनाउन गैरआवासीय नेपालीहरुलाई परिचालन गर्न सांसदहरुले सुझाव दिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आइतबार गरेको छलफलमा संसदीय मैत्री समूहका संयोजक सांसदहरुले सो सुझाव दिएका हुन् ।

छलफलमा सांसदहरुले विदेशस्थित नेपाली नियोग र गैरआवासीय नेपाली संघ परिचालन गरी प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालनको वातावरण बनाउन सुझाव दिए ।

सांसदहरुले पर्यटकीय पूर्वाधार निर्माण, प्रमुख पर्यटन बजारमा प्रचार प्रसारमा समेत ध्यान दिन मन्त्रालय तथा भ्रमण वर्ष सचिवालयको ध्यानाकर्षण गराएका थिए ।

विदेश रहेका नेपालीको बानी व्यवहार, उनीहरुले गर्ने प्रवर्द्धन नै नेपालमा पर्यटक ल्याउने सन्दर्भमा प्रभावकारी हुने सांसदहरुको सुझाव थियो । भ्रमण वर्ष सफल बनाउन आफ्नो तर्फबाट पूर्णसहयोग रहने प्रतिवद्धता उनीहरुले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment