Comments Add Comment

आलियासँग चुम्बनको दृश्यका कारण सलमानले छाडे ‘इन्साअल्ला’

छायांकनमा जान केही समय मात्र बाँकी रहँदा बलिउडका सफल निर्देशक संजय लिला भन्सालीको चलचित्र ‘इन्साअल्ला’को निर्माण स्थगित गरिएको थियो । चलचित्रको रिलिज डेट समेत आउँदो बर्षको इदलाई तोकिएको थियो । तर, अन्तिम समयमा आएर यो चलचित्र नबन्ने भएपछि विभिन्न कारणहरु सार्वजनिक भैरहेका छन् । कतिपय मिडियामा नायक सलमान खानले पारिश्रमिक धेरै मागेपछि संजयले चलचित्र बनाउन नसकेको चर्चा पनि भैरहेको छ ।

तर, एक भारतीय मिडियाले भने नायक सलमान खान र नायिका आलिया भट्टको लामो चुम्बन दृश्यका कारण चलचित्र बन्न नसकेको उल्लेख गरेको छ । आइबीटाइम्समा उल्लेख भए अनुसार, चलचित्रमा सलमान र आलियाको थुप्रै चुम्बनको दृश्यहरु समावेश गरिएको थियो । तर, नायक सलमान खानले भने चलचित्रमा चुम्बनको दृश्य दिन अस्विकार गरेका थिए ।

सलमान आफैले पनि चलचित्रमा नायिकासँग चुम्बन नगर्ने बताउँदै आएका छन् । छायांकनमा जान लागेको चलचित्र सलमानले छाड्नु र नबन्ने अवस्था आउनुलाई यो पनि एक कारण मानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment