Comments Add Comment

घटराज मेमोरियल स्कूलले अन्तर्राष्ट्रिय वाइल्ड विज्डम क्विज २०१९ मा नेपालको प्रतिनिधित्व गर्ने

३० भदौ, काठमाडौं । घटराज मेमोरियल स्कूलले डब्लुडब्लुएफ नेपालको ‘जेनेरेशन ग्रीन क्याक्पेन’ द्वारा आयोजना गरिएको वाइल्ड विज्डम क्विज (डब्लुडब्लुक्यू) २०१९ को नेपाल संस्करणको विजेता बनेको छ ।

विद्यालयका विद्यार्थीहरुले ४ मंसिसर २०७६ मा भारतको नयाँ दिल्लीमा आयोजना हुने वन्यजन्तु सम्बन्धी एसियाको सबैभन्दा ठूलो हाजिरीजवाफ प्रतियोगिताको अन्तर्राष्ट्रिय फाइनलमा नेपालको प्रतिनिधित्व गर्ने छन् ।

काठमाडौं क्लस्टर, चितवन क्लस्टर (चितवन, बारा, पर्सा, नवलपरासी, रुपन्देही र मकवानपुर) र नेपालगञ्ज क्लस्टर (बर्दिया, बाँके, कैलाली, दाङ् र कञ्चनपुर) का २५० विद्यालयमा कक्षा ६ देखि ८ सम्म अध्ययनरत ५०० विद्यार्थीहरुले सो क्विजमा भाग लिएका थिए ।

प्रारम्भिक र क्वालिफायर राउन्ड हुँदै काठमाडौंमा आज आयोजित फाइनल कार्यक्रममा पुग्न सफल भएका ती विद्यालयहरु मध्येबाट  काठमाण्डौ वल्र्ड् स्कूलले दोस्रो स्थान प्राप्त गर्‍यो भने श्रीकुल विद्यालयले तेस्रो स्थान हासिल गर्‍यो ।

राष्ट्रिय प्रतियोगिताका विजेता घटराज मेमोरियल स्कूलका विद्यार्थीहरुले भने, ‘हामी राष्ट्रिय प्रतिस्पर्धा जितेकोमा एकदमै खुसी छौं र अन्तर्राष्ट्रिय फाइनलको तयारीका लागि थप मेहनत गर्नेछौं ।’

डब्लुडब्लुएफ नेपालले २० साउन २०७६ डब्लुडब्लुक्यू को तेस्रो संसकरण शुरू गरेको थियो । डब्लुडब्लुएफ नेपालको शिक्षा कार्यक्रम अन्तर्गत आयोजित डब्लुडब्लुक्यूको मुख्य उद्देश्य युवाहरुलाई जैविक विविधता र प्राकृतिक स्रोतहरु तथा यिनको दिगो उपयोगका लागि आवश्यक कदमहरुबारे सचेत र अवगत गराउनु हो ।

यस वर्षको डब्लुडब्लुक्यूको विषयवस्तु “हाम्रो ग्रहको अन्वेषण” थियो, जुन ‘आवर प्लानेट’ श्रृंखलाबाट प्रेरित थियो । उक्त श्रृंखला डब्लुडब्लुएफ इन्टरनेशनल र नेटˆलिक्सको साझेदारीमा तयार गरिएको थियो, र अपूरणीय प्राकृतिक स्रोतहरू वन तथा वन्यजन्तु, महासागर तथा नदीहरु, र बोटबिरुवा तथा जनावरहरूको महत्वको वरिपरि केन्दि्रत थियो ।

वाइल्ड विज्डम क्विजको बारेमा कुरा गर्दै डब्लुडब्लुएफ नेपालको शिक्षा तथा अभियान कार्यक्रम अधिकृत सृष्टि केसीले भने, ‘डब्लुडब्लुक्यूलाई विद्यार्थीहरूमा जैविक विविधताबारे जानकारी बढाउनको लागि एक एकीकृत र नवीन तरिकाले सुरुवात गरिएको थियो, जसले विद्यार्थी र श्रोता दुबैमा यस सम्बन्धी रुचि बढाउँदछ । तेस्रो संसकरणसम्ममा यो प्रतियोगिता १४ जिल्लामा पुगेको छ र नेपालका अन्य जिल्लाहरूमा पनि यस प्रतियोगितालाई अघि बढाइनेछ ।’

डब्लुडब्लुएफ नेपालले सन् २०१७ मा वाइल्ड विज्डम क्विज -डब्लुडब्लुक्यू) सुरुवात गरेको थियो जसमा काठमाडौं उपत्यकाका १०४ विद्यालयहरु सहभागी थिए ।

प्रतियोगिताको विजेता टिम मल्पी स्कूलले नेपाललाई प्रतिनिधित्व गर्दै भारतमा भएको  अन्तर्राष्ट्रिय फाइनलमा प्रतिस्पर्धा गरेको थियो जसमा सो विद्यालयले पहिलो रनर-अपको उपाधि जितेको थियो ।

वाइल्ड विज्डम क्विज (डब्लुडब्लुक्यू) डब्लुडब्लुएफ भारतद्वारा सन् २००८ मा शुरू गरिएको थियो । आफ्नो एघारौं संसकरणसम्म आइपुग्दा यो प्रतियोगिता वन्यजन्तु सम्बन्धी एसियाको सबैभन्दा ठूलो प्रतियोगिता बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment