Comments Add Comment

साथी ‘यौन–साथी’ होइनन्  

तपाईंको कुनै विपरितलिंगी मित्र छन् । उनीसँग तपाईंको भावना मिल्छ । कुरा मिल्छ । तर, तपाईंहरुको यो मित्रता त्यतीमै सीमित छ, जति एक हितैषी साथीबीच हुन्छ । साथीको दायराभन्दा पर पुग्नुभएको छैन । त्यसैले तपाईंहरु एकअर्काका घनिष्ठ साथी हुनुहुन्छ ।

यद्यपि, तिनै साथीसँग तपाईं बेग्लै किसिमले आकषिर्त भइरहनुभएको छ, उनलाई छुन वा स्पर्श गर्न मन गर्नुहुन्छ, उनको नजिक पुग्ने इच्छा हुन्छ, उनीसँग शारीरिक सम्पर्क गर्ने कल्पना गर्नुहुन्छ । यदि त्यसो हो भने, तपाईंको मित्रताको भावना शुद्ध छैन । तपाईंमा उनीप्रति यौन-इच्छा जागिरहेको छ ।

तपाईं के सोच्नुहुन्छ ? तपाईंमा कस्तो भावना जागिरहेको छ ? यसबारे तपाईंका साथी बेखबर हुन सक्छन् । किनभने उनले तपाईंलाई केवल साथीको रुपमा मात्र लिएको हुनसक्छ । तर, तपाईं उनको शारीरिक आकर्षणले तानिनुभएको छ । उनीसँग शारीरिक सम्बन्ध बनाउने तिब्र इच्छा तपाईंको मनभित्र दबिएको छ । यो कुरालाई तपाईं खुलेर बताउन सक्नुहुन्न । किनभने उनले के चाहन्छन् भन्ने कुरा तपाईंलाई थाहा नहुन सक्छ । तपाईं उनीसँग शारीरिक सम्पर्क बनाउन चाहनुहुन्छ, तर त्यसका निम्ति प्रयास गर्न सक्नुहुन्न ।

जब तपाईंले आफुलाई नियन्त्रण गर्न सक्नुहुन्न, तब तपाईंहरुको मित्रताले अर्कै मोड लिनेछ । मानौ तपाईंले उनीसँग यौन सम्बन्ध बनाउन चाहनुभयो र तपाईंको साथीले पनि यसमा स्विकृति जनायो । अब दुबै जना यौन-साथी बन्नुहुनेछ । तपाईंका साथीले यौन सम्बन्ध बनाउने तपाईंको इच्छालाई सोझै अस्विकार पनि गर्न सक्छन् । यतिबेला तपाईंको नियतप्रति उनी दुःखी हुनेछन् । तपाईंहरुको मित्रता अब उस्तै रहनेछैन, जो विगतमा थियो ।

खासमा साथीलाई यौन साथीको रुपमा देख्नु वा बुझ्नु एउटा गल्ती हो । साथीको सम्बन्ध र यौन-साथीसँगको सम्बन्ध दुई फरक हुन् । साथी, जोसँग तपाईं खुलेर आफ्नो भावना साट्न सक्नुहुनेछ । दुःख र सुख बाढ्न सक्नुहुनेछ । तर, यौन साथी केवल शारीरिक भोग मेट्ने माध्याम मात्र हुनसक्छ । यस किसिमको मित्रतामा स्वार्थ घुलिएको हुन्छ । र, स्वार्थले कुनै न कुनै अवस्थामा खराब नतिजा दिनसक्छ ।

खराब नियत

आफ्ना सहकर्मी वा जो कोही हुनसक्छ, जसलाई हामीले साथी बनाएका हुन्छौं । अतः उनले पनि हामीलाई साथीकै रुपमा स्विकारेका हुन्छन् । साथीबीच सहकार्य हुन्छ, वातचित हुन्छ । दुःख र सुख साझेदार हुन्छ । यद्यपि उनै साथीप्रति तपाईंमा यौन-भावना जागिरहेको छ र त्यसलाई नियन्त्रण गर्न सकिरहनुभएको छैन भने तपाईंको नियत खराब देखिनेछ । तपाईंभित्र दबिएको यस्तो भावना कुनै न कुनै बेला प्रकट हुनेछ । त्यसबेला तपाईंको नियत छताछुल्ल हुनेछ । र, तपाईं सधैका लागि खराब नै रहनुहुनेछ ।

हो, साथीप्रति यौन-भावना जाग्न सक्छ । तर, यसलाई नियन्त्रण गर्न आवश्यक छ । तपाईंमा जाग्ने यस किसिमको भावनालाई अन्यत्र मोड्नु जरुरी छ । तपाईंले सोच्नुपर्छ कि, आफ्नो परिवार, करियर, प्रतिष्ठा । किनभने उनी तपाईंका साथी हुन्, यौन साथी होइनन् ।

त्यसैले साथीप्रति तपाईंमा यौन-भावना जाग्छ भने तपाईंले आफुलाई नियन्त्रण गर्न आवश्यक छ । उनीसँग नजिकिने, उनलाई स्पर्श गर्ने, आँखा जुधाउने जस्ता गतिविधि त्याग्नु आवश्यक छ । किनभने तपाईंमा आफ्नो साथीप्रति यौन-भावना जाग्नु, शारीरिक सम्बन्ध बनाउने प्रयास गर्नु भनेको दुर्घटना निम्त्याउनु हो । यसले तपाईंमा जीवनभर नमेटिने दाग लगाउन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment