+
+
Shares

भदौरे झरीमा रुझेको काठमाडौं (फोटो फिचर)

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ३१ गते १५:४६

३१ भदौ, काठमाडौं । मंगलबार काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा दिनको अधिकांश समय पानी पर्‍यो । विगत वर्षमा मनसुनी वर्षा अन्त्य हुने समय भइसक्दा पनि यो वर्ष केही दिनयता लगातार पानी परिरहेको छ ।

बंगालको खाडीबाट अएको जलवाष्प युक्त हावाको प्रभावका कारण भदौ महिनाको अन्तिम दिनसमेत वर्षा भइरहेको छ ।

वर्षाका कारण काठमाडौं उपत्यकामा सर्वसाधारणको दैनिक कामकाजमा असर परेको छ । फुटपाथमा ब्यापार गरेर जीविका चलाउनेहरु वर्षाका कारण मारमा परेका छन् ।

सडक हिलो भएका कारण पैदलयात्रीलाई हिँडडुल गर्न कठिनाइ भएको छ । विद्यालय, कार्यालय हिँडेर जानुपर्नेहरु छाता ओढेर हिँडेका छन् । ट्राफिक प्रहरीले रेनकोट लगाएर ड्युटि गरिरहेका छन् ।

हेर्नुहोस् काठमाडौंमा वर्षा  भएको समयमा सर्वसाधारणको तस्वीर

 

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?