Comments Add Comment

सिटिजन्स बैंक र एनबिआईबीच सम्झौता

३१ भदौ, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेशनल बैंकिङ इन्ष्िटच्युट एनबिआई बीचतालिम संचालन गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा सिटिजन्स बैंक ईन्टरनेसनलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राजपोख्ारेल र नेशनल बैंकिङ्ग ईन्ष्िटच्युटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाले हस्ताक्षर गरे ।

सम्झौतापश्चात सिटिजन्स बैंकका कर्मचारीहरुको कार्यदक्षता अभिबृद्धिको लागि एन.बि.आईले विभिन्न विषयमा नियमित रुपमा बैंकिङ्ग तालिमहरु प्रदान गर्ने छ ।

एनबिआइले आयोजना गर्ने विभिन्न किसिमका सम्मेलन, सेमिनार तथा कार्यशालाहरूमा बैंकको सहभागिता रहनेछ । अब आउने निकट भविष्यमा पनि कर्मचारीहरूको वृतिविकाशका निमित्त विभिन्न कार्यक्रमहरू संचालनगर्ने कुरा बैंकले जानकारी दिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आˆना ८२ वटा शाखा, ७९ वटा एटिएम. र १०१ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment