+
+
Shares

गृहमन्त्रीका भाइ नरेशको थुनछेक बहस सकिएन, अझै अस्पतालमै बस्ने

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ३१ गते १८:०९

३१ भदौ, काठमाडौं । अपराधिक लाभ (एक्सटर्सन) र संगठित अपराध सम्बन्धी कसूरका आरोपित गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का भाइ नरेशसहित ९ जना अभियुक्तको थुनछेक बहस मंगलबार सकिएन ।

जिल्ला अदालत, काठमाडौंका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठका अनुसार अभियुक्ततर्फबाट बहस गर्ने वकिलको संख्या धेरै भएपछि बहस नसकिएको हो । उनले अनलाइनखबरसँग भने, ‘अब भोलि सकिएला ।’

बहसपछि थापासहितका आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटी वा साधारण तारेखमा छाड्ने भन्ने आदेश अदालतले दिनेछ ।

गुण्डा नाइके समिरमान सिंह बस्न्यातका दुई सहयोगी पवन खड्का र सुरेन नगरकोटीको नरेशसँग सम्बन्ध देखिएपछि उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको थियो ।
तर, उनलाई अस्वस्थताको कारण देखाउँदै वसुन्धरास्थित चिरायु अस्पतालमा राखिएको छ ।

अदालतमा बयानका क्रममा थापाले बस्न्यातसँग आफ्नो चिनजान नभएको दाबी गरेका थिए भने उनलाई नभेटेको पनि बताएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?