Comments Add Comment

एनआईसी एशिया बैंककोे पीओएस सेवा सुचारु

१ असोज, काठमाडौं । एनआईसी एसिया बैंकका डेविट तथा क्रेडिट कार्डहरु अन्य बैंक तथा वित्तीय संस्थाका एटीएम तथा पीओएस मेशिनहरुमा नचल्ने समस्या समाधान भएको छ ।

प्राविधिक कारणले गर्दा भदौ १८बाट बैंकका एटीएम तथा पीओएस मेशिनहरुमा मात्र चल्ने समस्या थियो ।

बैंकको डेविट, क्रेडिट तथा पि्रपेड कार्डहरु भिसा नेटवर्कमा आवद्ध भएका अन्य बैंक तथा वित्तीय संस्थाका पोइन्ट अफ सेलमा समेत चल्ने व्यवस्था मिलाईएको छ ।

प्रविधिक कारणले ग्राहकहरुमा पर्न गएको असुविधाको लागि बैंकले क्षमाप्रार्थी रहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment