Comments Add Comment

सिंहदरबारभित्र नयाँ संसद भवन शिलान्यास

Photo Credit : विकास श्रेष्ठ/अनलाइनखबर

१ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा निर्माण हुने संघीय संसद् भवनको शिलान्यास गरेका छन् । सिंहदरबार भित्रको पुतली बगैंचामा भवन शिलान्यास गरिएको हो ।

शहरी विकास मन्त्रालयका अनुसार, शिलान्यासलगत्तै यसको निर्माण कार्य सुरु हुनेछ । मन्त्रालयका अनुसार उक्त भवन निर्माणको लागत  ७ अर्ब ७३ करोड ५२ लाख ४ हजार रुपैयाँ अनुमान गरिएको छ । तर निर्माण कम्पनी टुण्डी सेक ज्वाइन्ट भेन्चरले ५ अर्ब ६७ करोड २७ लाख ६१ हजारमा निर्माण कबुलेको छ ।


निर्माण थालेको ३ वर्षमा भवन तयार हुने मन्त्रालयको भनाइ छ ।

मन्त्रालयले तयार पारेको डिजाइन अनुसार तोकिएकै समयमा संसद भवन निर्माण भए अहिलेकै संसदका साथै आगामी निर्वाचन भएर बन्ने अर्को प्रतिनिधि तथा राष्ट्रिय सभाका लागि भाडामा खर्च गर्नुपर्ने अर्बौ रकम जोगिनेछ ।

यो पनि पढ्नुहोस सिंहदरबारभित्रै यस्तो बन्दैछ आधुनिक संसद भवन

सिंहदरबारभित्रै भएको प्रतिनिधिसभा भवन पुरानो र सानो भएपछि लामो समयदेखि संसद बैठक बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भाडामा बस्दै आइरहेको छ । २०६४ साल चैतमा सम्पन्न पहिलो संविधानसभाको निर्वाचनदेखि नै संसद बैठक सम्मेलन केन्द्रमा सञ्चालन गरिएको  छ ।

संसद सचिवालयका अनुसार हाल सम्मेलन केन्द्र विकास समितिलाई वार्षिक १५ करोड रुपैयाँ भाडा बुझाउने गरी सम्झौता भएको छ ।

प्रतिनिधिसभा ५ वर्ष र राष्ट्रियसभाका लागि लिइएको उक्त भवन गत वर्ष ६ वर्षसम्मका लागि भनेर सम्झौता गरिएको छ । सम्झौतामा दुई-दुई वर्षमा १० प्रतिशत भाडा वृद्धि गर्ने उल्लेख गरिएको छ । यसकारण केन्द्रको भाडा बढ्दै जाँदा सरकारलाई आर्थिक भार पनि बढ्दै जाने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment