+
+

संविधान दिवसमा सारङ्गी–आर्केष्टा प्रस्तुत हुँदै   

रासस रासस
२०७६ असोज १ गते १२:१९

१ असोज, काठमाडौं । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसर पारेर सारङ्गीको आर्केष्टा ‘सारङ्गीमा देश’ प्रस्तुत गर्ने भएको छ ।

कलाकार समूहले नेपालका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मौलिक नेपाली लोकधुनहरूको विशेष प्रस्तुति गर्नेछ ।

मौलिक संस्कृतिको संरक्षण तथा प्रवद्र्धनका निमित्त नेपाल भ्रमण वर्ष–२०२० को सन्दर्भसमेत जोडेर आयोजना गरिने उक्त फरक शैलीको सांस्कृतिक/साङ्गीतिक कार्यक्रम यही असोज २ गते साँझ ५ बजे जमलस्थित सांस्कृतिक संस्थानको प्रेक्षालयमा आयोजना गरिने प्रज्ञा–प्रतिष्ठानका सङ्गीत विभाग प्रमुख अशोक राईले जानकारी दिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?