Comments Add Comment

फिल्म रिलिज नहुँदा सुशिललाई समस्या

नायक सुशिल श्रेष्ठले २ वटा चलचित्रमा अभिनय गरेका छन् । तर, उनी अभिनित २ चलचित्र नै रिलिजको डेट तोक्दै पछि सर्दै गर्दा उनलाई समस्या भएको छ । सुशिल अभिनित दुई चलचित्र रिलिजको तयारीमा छन् । ‘लभ डायरीज र बादशाह जुट’ले पटक–पटक रिलिज डेट तोकेका त छन्, तर निर्धारित मितिमा दुबै चलचित्र रिलिज हुन सकेका छैनन् ।

‘लभ डायरिज’ अघिल्लो वर्ष नै रिलिज हुने बताइएको थियो । तर, पूर्व निर्धारित समयमा चलचित्र रिलिज हुन सकेन । चलचित्रले असोज ३ गतेलाई रिलिज मिति पक्का गर्यो । तर, त्यो मितिमा प्रतिक्षित चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ रिलिज हुने भएपछि ‘लभ डायरिज’ पछाडि सरेको थियो ।

चलचित्रले अहिले कात्तिकको १५ गतेलाई रिलिज मिति पक्का गरेको छ । तर, यसै मितिमा सुशिलको अर्को चलचित्र ‘बादशाह जुट’ पनि आउने संभावना बढेर गएको छ । ‘बादशाह जुट’ले कात्तिकको १ गतेलाई रिलिज मिति पक्का गरेको थियो । तर, यो मितिमा चेपुवामा पर्ने संभावना रहेको भन्दै चलचित्र रिलिज हुन सकेन ।

यसरी, सुशिलको चलचित्र बारम्बार पछि सर्दै आएको छ । वुझिएअनुसार, ‘बादशाह जुट’ कात्तिकको १५ गते आएको खण्डमा ‘लभ डायरीज’को प्रदर्शन मिति फेरि पछि सर्नेछ । दुई चलचित्र अहिलेसम्म रिलिज भएको भए सुशिलको करिअरले एउटा फड्को मार्ने थियो । तर, बारम्बार चलचित्रको मिति पछि सर्दा सुशिललाई समस्या परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment