+
+

युवतीलाई दुर्व्यवहार गरेको आरोप लागेका पूर्वसभासद ५ हजार धरौटीमा छुटे

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज १ गते १३:०४

१ असोज, ललितपुर । सार्वजनिक यातायातमा कलेज पढ्ने युवतीलाई दुर्व्यवहार गरेको आरोप लागेका पूर्वसभासद योगेन्द्र घिसिङ थुनामुक्त भएका छन् ।

जिल्ला प्रशासन कार्यालय, ललितपुरले घिसिङलाई ५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि उनलाई थुनामुक्त गरिएको हो ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले घिसिङलाई धरौटीमा राखेर मुद्दा प्रक्रिया अघि बढाउन मंगलबार बाटो खुला गरिदिएका हुन् ।

रत्नपार्कबाट ललितपुरको भैंसेपाटीसम्म जाने बसमा सवार घिसिङले २१ वर्षकी युवतीलाई दुर्व्यवहार गरेको भन्दै अन्य यात्रुले नियन्त्रणमा लिएका थिए । प्रहरीलाई जिम्मा लगाएपछि उनीविरुद्ध अभद्र व्यवहारको कसूरमा मुद्दा चलाइएको थियो ।

सार्वजनिक स्थानमा यौन दुर्व्यवहार हुननसक्ने बताउँदै घिसिङविरुद्ध अभद्र व्यवहारको कसूरमा मुद्दा चलाइएको थियो । जुन कसूर प्रमाणित भए एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने मुलुकी अपराध संहिताले व्यवस्था गरेको छ ।

उनी संविधानसभाको दोस्रो निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट समानुपातिक सभासद् बनेका थिए ।  तर, घिसिङले स्थानीय तह निर्वाचनमा पार्टीलाई अन्तरघात गरेकाे भन्दै ललितपुर जिल्ला पार्टीले निस्कासन गरेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?