+
+
Shares

लोकतन्त्रको विकल्पमा अरु व्यवस्था हुन सक्दैन : मन्त्री बास्कोटा

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज १ गते १९:५३

१ असोज, विराटनगर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जनताको बलमा स्थापित लोकतान्त्रको विकल्पमा अरु कुर्नै व्यवस्था हुन नसकने बताएका छन् ।

प्रेस संगठन मोरङले विराटनगरमा बुधबार साँझ आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले लोकतन्त्रको विकल्पमा इतिहासमा मरिसकेको तन्त्रको परिकल्पना गर्न नसकिने बताए ।

‘सरकारको कहिँ कतै कमी कमजोरी पनि होलान, तर सरकार मन परेन भनेर जनताले ल्याएको लोकतन्त्रलाई चुनौती दिने काम कोही कसैबाट हुन्छ भने त्यो मान्य हुने छैन,’ मन्त्री बास्कोटाले भने, ‘फेरिपनि पुरानै युग तर्फ फर्कन खोज्ने तत्व सलवलाउँदै छ, त्यस्तो तत्वको उदेश्य पुरा हुदैन, समयमै चेतना भया ।’

सरकारप्रति वितृष्ण फैलाएर केही गर्न सकिन्छ की भन्ने भ्रम नपाल्न आग्रह गर्दै मन्त्री बास्कोटाले वंशतन्त्र अब कुनै पनि हातलमा नफर्कने बताए ।

राजतन्त्रप्रति लक्षित गदै उनले भने, ‘इतिहासले पराजित गरिसकेका तन्त्र फर्काउन सकिन्छ की भनेर केही तत्व क्रियाशिल छन्, त्यस्तो परिकल्पना गरेको भए त्यो दिवा सपना मात्रै हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?