Comments Add Comment

वाक्सिङ गर्दा छालामा कस्तो असर हुन्छ ?

छालालाई सुन्दर, कोमल र अनावश्यक रौंबाट मुक्त बनाउनका लागि वाक्सिङ जस्तो राम्रो उपाय अरु केही हुँदैन । यसले केवल अनावश्यक रौं हटाउने मात्र नभएर छाला कडा हुने समस्या पनि हट्छ ।

वाक्सिङ गरेपछि छाला करिव दुई हप्तासम्म मुलायम रहन्छ । वाक्सिङ गरेपछि उम्रेको रौं छोटो र कोमल हुन्छ । नियमित वाक्सिङ गर्नाले ३-४ हप्तासम्म रौं उम्रँदैन, साथै रौं पनि पातलो हुँदै जान्छ । वाक्सिङ विभिन्न किसिमको हुन्छ, जसलाई तपाई आफ्नो सुविधा अनुसार प्रयोग गर्न सक्नु हुन्छ ।

सफ्ट वाक्स

यो वाक्स सबैभन्दा लोकपि्रय र बढि प्रयोग हुने वाक्स हो, जुन मह र चिनीको घोलले तयार पारिन्छ । यसले अनावश्यक रौं हटाउनुको साथै कडा छालालाई पनि हटाउँछ । यसले छालालाई नरम र चम्किलो बनाउँछ ।

चकलेट वाक्स

चकलेटमा छाला चम्काउने तत्व पाइन्छ, जसले शरीरलाई रिल्याक्स प्रदान गर्छ । कोको पाउडर बेस्ड वाक्सले रौं पूर्ण रुपले हट्नुका साथै रातो डाम पनि बस्दैन । यो वाक्स संवेदनशील छालाको लागि पनि उपयुक्त हुन्छ ।

एलोभेरा वाक्स

एलोभेराको लेदोबाट बनेको यो व्याक्सले छालालाई पोषण दिनुको साथसाथै सुन्दर पनि बनाउछ । यस प्रकारको व्याक्स शरीरका त्यस्ता अंगहरु जुन अति नै सम्वेदनशील हुन्छ,जस्तै अन्डर आम्र्स र बिकिनी पार्टलागि अति नै उपयुक्त हुन्छ ।

ब्राजीलियन वाक्स

यो पनि हार्ड वाक्सको एउटा किसिम हो,जुन विशेष गरेर बिकिनी एरियाको लागि नै बनाइएको हो । यसले अनावश्यक रौं हटाउँछ । वाक्सिङको क्रममा हुने पीडालाई कम गर्नको लागि यो वाक्स छिट्टो गर्नु पर्छ ।

लिपोसोल्यूबल वाक्स

यो वाक्स अयल बेस्ड हुन्छ । यसले रौंलाई जराबाट नै हटाउनुको साथै छालाको लागि पनि उपयुक्त हुन्छ । यो वाक्सलाई प्रयोग गर्नु अगाडि छालामा तेल लगाइन्छ र रौंलाई हटाउनको लागि स-साना स्ट्रिप्स प्रयोग गरिन्छ । यस प्रकारका वाक्स धेरै तातो भयो भने पनि यसले छालालाई कुनै किसिमको हानी पुर्याउँदैन ।

ध्यान दिनु पर्ने

वाक्सिङ गर्नु अघि र गरीसकेपछि केही सावधानिहरु अपनाउनु आवश्यक छ । वाक्सिङ गर्दा छाला पोल्न सक्छ, रातो डाम बस्न सक्छ साथै छालामा संक्रमण पनि हुन सक्छ । जहाँ वाक्सिङ गरिएको छ, त्यहाँ पीडा हुनु, छाला पोल्नु, छालाको रंगमा परिर्वतन आउनु, पत्र-पत्र निस्कनु, छाला चिलाउने जस्ता विभिन्न किसिको समस्याहरु पनि हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment