Comments Add Comment

सरकारका प्रवक्ता भन्छन्–हात भाँचिएको हो भने कारवाही हुन्छ

२ असोज,काठमाडौं । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बाँके घटनाको छानबिनपछि मात्र सरकारले कारवाहीको प्रक्रिया अघि बढाउने बताएका छन् । छानबिनै नगरी एउटा पक्षले जे भन्यो त्यही सही हो भन्ने शैली सरकारलाई स्वीकार्य नहुने समेत उनले प्रष्ट पारेका छन् ।

गत साता बाँकेको खजुरामा कांग्रेसको जागणसभामा नेकपाका कार्यकर्ताले आक्रमण गरेको भन्दै कांग्रेसले वडाध्यक्ष सुमन मल्लसहित विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गर्न दबाब दिइरहेको छ । यही घटनालाई लिएर संसद समेत अवरोध गरेको कांग्रेसले जिल्ला सभापति किरण कोइरालाको हात भाँचिएको भनेको छ ।

विहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता बाँस्कोटाले हात भाँचिएको हो भने कानून बमोजिम दोषीमाथि कारवाही हुने बताए । तर छानबिन हुनुअघिनै फैसला गर्ने शैली स्वीकार्य नहुने उनको भनाइ छ ।

मन्त्री बाँस्कोटाले भने-हात भाँचएको हो भने कानून बमोजिम कारवाही हुनुपर्छ । कसले भाँचेको हो त्यो छानबिन गर्नुपर्छ । प्रहरीले आवश्यक छानबिन गरिरहेको छ । तर, विषयलाई छानबिन गर्न दिनु अघिनै फैसला गर्ने, हामीले जे भन्यौं त्यहि सही हो भन्ने शैलीलाई सरकारले विश्वास गर्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment