Comments Add Comment

१९७४ एडीको सांगीतिक प्रस्तुती: प्रतिक्षाको घडी यसरी हुँदैछ समाप्त

लामो समयसम्म श्रोताले १९७४ एडीलाई सुन्न पाएनन् । पप र लोक संगीतको फ्युजन गरेर मिठो भाकामा गीत प्रस्तुत गर्ने यो सांगीतिक समूह दर्शक-स्रोताबाट विमुख भए । अब पुनः यो सांगीतिक समूह स्रोताको ढुकढुकी बढाउने तयारीमा जुटेको छ ।

१९७४ एडीले ठमेलबाट आफ्नो सांगीतिकयात्राको थालनी गर्नेछ । कार्यक्रम का लागि ठमेलको लर्ड अफ द ड्रिङ्क्स (एलओडी)  छानिएको छ । त्यहाँ ब्यान्डका पाँचै सदस्यहरू- निराकार याक्थुम्बा, एड्रियन प्रधान, फिरोज स्याङदेन, सन्जयश्रेष्ठ, मनोज केसी मन्चमा देखा पर्नेछन् । फिरोज र एड्रियनले आफ्ना सर्वकालिन गीतहरु घन्काउनेछन् ।यसकालागिभने सेप्टेम्बर २१ को साँझसम्म कुर्नुपर्नेछ ।

एड्रियन प्रधानले भने गीत मात्रै गाउँनेछैनन् ; पर्कसनमा श्रेष्ठ, गिटारमा मनोज केसी र फिरोज स्याङदेन, र बेस गिटारमा निराकार याक्थुम्बालाई साथ दिन उनले ड्रम बजाउने छन् । कार्यक्रम हुने स्थानको ढोका ६ बजे खुल्नेछ भने प्रस्तुति ८ बजे सुरु हुनेछ ।

कार्यक्रमका लागि अभ्यास र  प्रचारप्रसारमा धेरै समय दिएकाले ब्याण्डले कार्यक्रम अविस्मरणिय हुने आशा लिएको छ । आरबिट्रेरी ग्रुपसँगको सहकार्यमा टुबोर्गले प्रवर्धन गरेको कार्यक्रमका बारेमा सोसल मिडियामा पनि थुप्रै लाइक, कमेन्ट र सेयर प्राप्त भएको छ । ठमेलको कार्यक्रम पछि समुहले काठमाडौं बाहिरका सहरमा पनि स्टेज सो गर्ने छ ।

टुबोर्गले कार्याक्रमका दौरान सोसल मिडियामा विभिन्न प्रतियोगिताको आयोजना गर्नेछ जसका माध्यमबाट ब्यान्डलाई भेट्न सकिनुका साथै विभिन्न कन्सर्टहरूको टिकट समेत जित्न सकिनेछ । टुबोर्गले ‘कभर गीत’ प्रतियोगिताको विजयतालाई १९७४ एडीसँग मिलेर गीत उत्पादन गर्ने अवसर पनि जुटाउने छ ।

रोचक तथ्य

मुलुककै सर्वाधिक लोकप्रिय सांगीतिक समुह हो १९७४ एडी । यो सांगीतिक समूहसँग जोडिएका केहीयो समूहमा दुई भोकलिस्ट छन् — फिरोज स्याङ्देन र एड्रियन प्रधान । दुबैको आवाज उत्तिकै गहकिलो छ ।

यो नै पहिलो सांगीतिक समूह हो जोसँग नेपालबाटै पहिलो पटक अमेरिकामा म्युजिकल टुर गरेको रोमाञ्चक अनुभव छ । काल्सबर्गको रक यात्रा’  कन्सर्टमा यही ब्यान्डलाई सुन्न ६० हजार बढी दर्शक÷स्रोता उपस्थित भएका थिए ; अर्थात रंगशाला नै खचाखचब नाइदिने सामर्थ्य थियो १९७४ एडीसँग ।

लोकप्रियताको उचाईमै रहेको बेला यो ब्यान्ड छिन्न–भिन्नभयो । यसकामूख्यदुई भोकलिष्ट नै ब्यान्डबाट ‘सोलो’ तिर लागे । यो सांगीतिक समूहको अभावमापारखीले निकै गहिरो सन्नटा अनुभव गरे ।

हालै यो सांगीतिक समूहका सदस्यहरु पुनः एकढिक्का भएका छन् ।  त्यतीमात्रहोइन, उनीहरुले एउटै मञ्चमा सांगीतिक प्रस्तुती धेेरै पछि देशैभर समेत दिँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment