Comments Add Comment

कर्णालीमा यसरी मनाइयो संविधान दिवस (फोटो फिचर)

३ असोज, सुर्खेत । विहानै सवा ७ वजे नै कर्णालीका मुख्यमन्त्री महेन्द्रवहादुर शाही प्रदेश राजधानी वीरेन्द्रनगरको मंगलगढी पुगे ।

दौरासुरुवाल, ढाँका टोपी र कोटमा सजिएका मुख्यमन्त्री शाही त्यहाँ पुग्नु अगावै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पुगिसकेको थियो।

केहीबेरमै कर्णाली प्रदेशसभाका सभामुख राजवहादुर शाही र विपक्षी दलका नेता जीवनवहादुर शाही पनि त्यही पुगे ।

लगत्तै प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्यहरु, सरकारको विभिन्न ओहोदा रहेका पदाधिकारी, कर्मचारी तथा सर्वसाधारणको उपस्थितिले मंगलगढी चोक भरियो ।

संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ अवसरमा मुल समारोह समितिले आयोजना गरेको प्रभातफेरी तथा समारोहका लागि उपस्थित सरकारी पदाधिकारी तथा सर्वसाधारणको समूहमा नेपाल प्रहरी व्याण्डवाजा, पञ्चेवाजा, स्थानीय थारु तथा लोपोन्मुख राउटे समुदायको झाँकीले छुट्टै रौनक ल्याएको थियो ।

प्रभातफेरीका लागि उपस्थित सबै साढे सात वजे मंगलगढी चोकवाट मुख्यवजार, वीरेन्द्रचोक, पिपलचौतारा, वुद्धपथ, न्यूरोड, घण्टाघर हुँदै बजार परिक्रमा गरेर खुलामञ्च आइपुग्यो ।

मुख्यमन्त्रीसहितको प्रभातफेरी साढे ८ वजे खुलामञ्चमा पुगिसकेपछि कर्णाली प्रदेश प्रदेश प्रमुख तथा मुल समारोहका प्रमुख अतिथि दुर्गाकेशर खनाल पनि खुलामञ्चमा आइपुगे ।

प्रदेश प्रमुखको औपचारिक समारोह सुरू भयो ।

तस्वीरमा हेरौं कर्णालीको संविधान दिवस – 

मुख्यमन्त्री महेन्द्रवहादुर शाहीसहित प्रदेश मन्त्रीहरू सहभागी प्रभातफेरी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment