Comments Add Comment

प्रदेश १ मा संविधान दिवस : प्रदेश स्तरीय कार्यक्रमको आयोजना

३ असोज, विराटनगर । प्रदेश–१ सरकारले पनि संविधान दिवसलाई बिषेश कार्यक्रमको आयोजना गरी मनाएको छ । प्रदेशको स्थायी राजधानी विराटनगरमा प्रदेश स्तरीय कार्यक्रमको आयोजना गरी संविधान दिवास मनाएको हो ।

विराटनगरको शहिद मैदानमा आयोजित बिषेश कार्यक्रमलाई सम्बोधन गदै मुख्यमन्त्री शेरधन राईले संविधान प्रदत्त जनताको हक अधिकारलाई व्यवहारमा रुपान्तरण गर्न अहिलेको आवश्यक र चुनैति रहेको बताए ।

संविधान आफै कार्यन्वयन हुने कुरा नभएको भन्दै मुख्यमन्त्री राईले भने, ‘नीति, नियम, कानून, योजना, पद्धती र संस्कारबाट यसको व्यवहारीक कार्यन्वयन गर्नु आवश्यक छ ।’ प्रदेश सरकारले संविधानलाई कार्यन्वयनमा ल्याउने प्रयास भइरहेको राईले बताए ।

मुख्यमन्त्री राईले स्वच्छ, सुखी र समृद्ध प्रदेश मूल दृष्टिकोणसहित पहिलो आवधिक योजना थालेको जानकारी दिए ।
प्रदेश सरकारले मुख्यगरी कृषि, पर्यटन, उद्योग, पूर्वाधार विकास, सामाजिक तथा मानवीय विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।

सगरमाथा आरोही, अल्ट्रा धाविका र राष्ट्रिय गानका रचनाकार सम्मानित

प्रदेश सरकारले जनही ५ लाख नगदसहित २४ औं पटक सगरमाथा आरोही गरी विश्व कीर्तिमानी कामिरिता शेर्पा, अल्ट्रा धाविका मिरा राई, राष्ट्रिय गानका रचनाकार व्याकुल माइलालाई विषेश सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि प्रदेश प्रमुख प्रा. डा. गोविन्द सुब्बाले उनीहरुलाई नगदसहित विषेश सम्मान गरेका थिए । कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाली प्रहरीले विषेश प्रस्तुति रहेको थियो । सो अवसरमा विभिन्न जातजातिको जातीय झाँकी प्रस्तुत गरिएको थियो ।

विषेश समारोहमा प्रदेश प्रमुख प्रा. डा. गोविन्दबहादुर तम्बाहाङ, मुख्यमन्त्री शेरधन राई, सभामुख प्रदिपकुमार भण्डारी, सरकारका अन्य मन्त्रीहरु, उच्च अदालतका प्रमुख न्यायाधीश लगायतका सहभागी रहेको थियो ।

विराटनगर स्थित आदर्श माविबाट विहान प्रभातफेरी, त्यसपछि शहीद रंगाशालामा विशेष समारोह, आयोजना गरिएको थियो । त्यसअघि मुख्यमन्त्री राईले विराटनगर विमानस्थल र विराटनगरको महेन्द्र चौकमा राखिएको ठुला आकारको राष्ट्रिय झण्डा झण्डोत्तलन गरेका थिए ।

सर्वसाधारणको सहभागिता बढाउन प्रदेश सरकारले प्रदेशका १४ वटै जिल्ला सदरमुकाम र प्रदेशका महत्वपूर्ण स्थानहरुमा झण्डा राख्ने, ५ हजार थान हाते झण्डा निर्माण तथा प्रचार प्रसार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment