Comments Add Comment

‘छ माया छपक्कै’ ट्रेलरः ‘राजनीतिक पृष्ठभूमीमा हुर्किएको दीपक–केकीको प्रेम’

चलचित्र ‘छ माया छपक्कै’को ट्रेलर सार्वजनिक भएको छ । गाउँमा राजनीतिक पृष्ठभूमीमा हुर्किएको एक पुरुष र एक यूवतीको कथामा यो चलचित्र बनेको छ । चलचित्रमा कलाकार दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, नायिकाद्धय केकी अधिकारी, सुपुष्पा भट्टको मुख्य भूमिका छ ।

चलचित्रको ट्रेलरमा एउटा सामान्य मानिस कसरी राजनीतिमा लाग्छ र नेता बन्छ भन्ने देखाउन खोजिएको छ । साथै, फरक राजनीतिक पृष्ठभूमी भएका केटा र केटीको प्रेम कथालाई चलचित्र देखाउन खोजेको वुझ्न सकिन्छ ।

चलचित्र ‘छ माया छपक्कै’ असोजको २४ गतेबाट रिलिज हुँदैछ । चलचित्रमा दीपेन्द्र लामाको कथा तथा निर्देशन छ । चलचित्रमा दिपकराज गिरी, केदार प्रसाद घिमिरे, जितु नेपाल, अभिमन्यू निरवीको संवाद, दिपकराज गिरीको पटकथा छ । रोहित अधिकारी फिल्मस्, आमा सरस्वती मुभिजको प्रस्तुतिमा तयार भएको चलचित्रलाई रोहित अधिकारीले निर्माण गरेका हुन् ।

विपिन मल्लको सम्पादन रहेको चलचित्रमा रोशन श्रेष्ठको एक्सन, हरि हुमागाँइको छायांकन, कविराज गहतराजको कोरियोग्राफी छ । चलचित्र ‘वडा नम्बर ६’को निरन्तरता नभएको निर्माता तथा कलाकार दिपकराज गिरीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment