+
+

दीपकराजको चेतावनीः ‘हेपियो भने फिल्म क्षेत्रमा गोविन्द केसी जन्मने पक्का छ’

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज ३ गते १६:५१

चलचित्र ‘छ माया छपक्कै’को ट्रेलर रिलिज कार्यक्रममा कलाकार तथा निर्माता दीपकराज गिरी आक्रोशित देखिए । उनले, चलचित्रको बिषयमा मात्र बोलेनन् बरु यो क्षेत्रमा देखिएको विकृती र विसंगतीमा चर्को आवाज पनि उठाए ।

दीपकराजले चलचित्र क्षेत्रमा यस्तै अवस्था रहेको खण्डमा गोविन्द केसी चाडै नै जन्मने चेतावनी दिए । उनले भने–‘म हिन्दी चलचित्र र विदेशी चलचित्रको बिषयमा बोलिरहन्छु । चलचित्र क्षेत्र छाडेर घर जान सक्छु, तर यो विकृतीको बिषयमा बोल्न छाड्दिनँ ।’

उनले अगाडि भने–‘हिन्दी र नेपाली चलचित्रलाई समान हैसियत दिइन्छ भने म सोच्न वाध्य हुन्छु कि म नेपालमा छु या भारतको मजहपुरमा छु ।’ दीपकले चेतावनी दिदै भने–‘मलाई यसैको नाममा पेलिन्छ भने चलचित्र क्षेत्रमा गोविन्द केसीको जन्म हुन सक्छ । तपाइहरु सबै आउनुहोला । म अनसन बस्न सक्छु । त्यो दिन आउँछ, यसको पनि तयारी गरौला ।’

दीपकले चलचित्र बनाउन भन्दा हलसम्म ल्याउन समस्या भएको बताए । उनले भने–‘चलचित्र क्षेत्र विग्रिएको नै आफ्नो चलचित्र चलाएर घर हिड्ने प्रवृत्तीले हो । जो अगाडि बढ्छ, उसको नाम नै झुक्ने हो । यसैले अहिले मैले चलचित्र जुधाउन चाहिनँ ।’

चलचित्र ‘रातो टिका निधारमा’का कारण ‘छ माया छपक्कै’को प्रदर्शन मिति सार्नु भएको हो भन्ने प्रश्नमा उनले भने–‘छोरालाई बोकेर आएका आमा–बुबासँग डेटका लागि झगडा गर्नु हुँदैन । चलचित्र क्षेत्रमा सधै हामीलाई नै किन दशैं चाहियो भनेर आलोचना गर्ने पनि छन् । यसपटक, हामीले दशैं छाडेका छौ ।’

चलचित्र विकास बोर्ड अहिले एउटा भवनको भित्तो मात्र रहेको भन्दै दीपकले अहिले जुन दिन पनि चलचित्र रिलिज गर्न सकिने बताए । तर, आफूहरुले कुनै बिदा नहेरी शुक्रबार मात्रै चलचित्र रिलिज गर्न लागेको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?