Comments Add Comment

मूर्ति सेलाउने क्रममा बेपत्ता युवक मृत फेला   

३ असोज, राजविराज । विश्वकर्माको मूर्ति सेलाउने क्रममा बेपत्ता भएका एक युवक शुक्रबार मृत फेला परेका छन् । सप्तरीको विष्णुपुर गाउँपालिका–७ स्थित कोशी पश्चिमी नहरमा मूर्ति सेलाउने क्रममा २२ वर्षीय मनिषकुमार यादव बेपत्ता भएका थिए ।

नेपाली सेना, नेपाल प्रहरी स्थानीय बासिन्दासमेतको सहयोगमा मनिषको शव आज फेला पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सिरहा जिल्लाको सुखीपुर नगरपालिका–२ निवासी यादव राजविराज नगरपालिका–६ स्थित छिन्नमस्ता डेरी उद्योगमा काम गर्दैआएको प्रहरीको भनाइ छ । सोही डेरीमा बनाइएको विश्वकर्माको मूर्ति पूजाआजापश्चात् सेलाउने क्रममा उनी बिहीबार साँझ बेपत्ता भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment