Comments Add Comment

अकिला धनन्जयलाई एक वर्षे प्रतिबन्ध

३ असोज, काठमाडौं । श्रीलंकाका स्पिन बलर अकिला धनन्जयलाई एक वर्षको प्रतिबन्ध लागेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले उनलाई १२ महिनाको प्रतिबन्ध लगाएको हो । उनको बलिङ एक्सन सहि नभएको प्रमाणित गर्दै आईसीसीले प्रतिबन्ध लगाएको उल्लेख गरेको छ ।

उनी बलिङ एक्सनमा दुई वर्षे अवधिमा दुई पटक फेल भएपछि आईसीसीले प्रतिबन्ध लगाएको उल्लेख गरेको छ । न्युजिल्यान्डविरुद्धको टेष्ट क्रिकेटमा उनको बलिङ एक्सनबारे दोस्रो पटक आईसीसीमा रिपोर्ट परेको थियो ।

६ टेष्ट खेलबाट उनले ३३ विकेट लिएका छन् भने ३६ एक दिवसीय क्रिकेटमा ५१ विकेट लिएका छन् । उनले टी–२० क्रिकेटमा २२ खेलबाट २२ विकेट लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment