Comments Add Comment

कैलालीमा प्रतिबन्धित औषधि बिक्री गर्ने एक जना पक्राउ

३ असोज, कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका–४ बलियाबाट प्रतिबन्धित औषधि बिक्री गर्ने एक जना क्लिनिक सञ्चालकलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लक्ष्मी स्वास्थ्य क्लिनिकका सञ्चालक ३२ वर्षीय मेसककुमार चौधरी रहेका छन् । चोधरीले ६ प्रकारका प्रतिबन्धित औषधि बिक्री गरेको पाइएकोले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्ष कुमार बस्नेतले जानकारी दिए ।

चौधरीलाई ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको टोलीले लागूऔषध र प्रतिबन्धीत औषधी सहित पक्राउ गरेको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment