Comments Add Comment

‘इन्साअल्ला’ बन्छ, तर मसँग होइनः सलमान

बलिउड नायक सलमान खानले आउँदो बर्षको इदमा पनि आफ्नो नयाँ चलचित्र रिलिज हुने बताएका छन् । ‘आइफा अवार्ड’मा सहभागी हुन पुगेका सलमानले इदमा कुनै नयाँ चलचित्र रिलिज हुने जानकारी गराए ।

उनले भने–‘डिसेम्बर २० मा मेरो चलचित्र दबंग ३ आउँदैछ । अर्को बर्षको इदमा पनि चलचित्र रिलिज हुन्छ ।’ सलमानले चलचित्र ‘इन्साअल्ला’ आफूले नगर्ने पनि स्पष्ट पारेका छन् । उनले भने–‘हो, इन्साअल्ला अब मसँग बन्दैनँ । तर, चलचित्र भने बन्छ ।’

चलचित्रमा नायक सलमान खान र नायिका आलिया भट्ट मुख्य भूमिकामा रहने पक्का भएको थियो । तर, यो चलचित्र किन बन्न सकेन भनेर अहिलेसम्म यसको निर्माणटिमले मुख खोलेको छैन । मिडियामा कहिले सलमानले धेरै पारिश्रमिक मागेपछि चलचित्र छाडेको खबर सार्वजनिक भैरहेको छ भने कहिले सलमानले चुम्बन गर्न नमानेका कारण चलचित्र छाडेको भन्ने खबर आइरहेको छ ।

यो बिषयमा नायक खानले पनि मुख खोलेका छैनन् । सलमानले, आउँदो बर्षको इदमा चलचित्र रिलिज हुने जानकारी गराएसँगै उनी र नायक अक्षय कुमारको भिडन्त पनि पक्का भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment