
हामीलाई आफ्नो कोठा सफा राख्न र आफ्नो सुविधाका लागि विभिन्न कुराहरुको आवश्यकता पर्दछ । त्यस्ता कुराहरुले हामीलाई सुविधामात्र प्रदान गर्ने होइन, हाम्रो कोठालाई आकर्षक र व्यवस्थित पनि बनाउँछ । त्यसैले कोठामा राख्ने त्यस्ता सामानहरु आज झन्-झन् विकसित र सुविधायुक्त हुन थालेका छन् ।
बजारमा आज हामी विभिन्न किसिमका फर्निचरहरु देख्छौं, जुन आरामदायक र सुविधाजनक हुन्छन् । कोठामा प्रयोग हुने विभिन्न फर्निचरहरुमध्ये ड्रेसिङ टेबल किन्दै हुनुहुन्छ ?टेबल पनि एक हो । कोठामा हुने फर्निचरहरुमा डे्रसिङ टेबलको भूमिका अति नै महत्वपूर्ण हुन्छ ।
विशेष गरेर महिलाहरुको लागि निर्मित ड्रेसिङ टेबल किन्दै हुनुहुन्छ ? टेबलमा महिला तथा पुरुषको श्रृंगारमा सम्पूर्ण सामानहरु राखिन्छ । जसका कारण आफूलाई आवश्यक परेको समयमा कुन सामान कहाँ छ भनेर खोजिरहनु पर्दैन र त्यसमा सजाएर राखेको सौन्दर्य प्रशाधनहरुले कोठाको सुन्दरता पनि बढाउँछ ।
यदि तपाईं आफ्नो घरमा ड्रेसिङ टेबल किन्दै हुनुहुन्छ ? टेबल ल्याउँदै हुनुहुन्छ भने केही कुरामा ध्यान दिनु आवश्यक छ । तपाईंले डे्रसिङ टेबल छनौट गर्दा त्यसको लम्बाइ-चौडाइ र स्टोरेज क्षमता कस्तो छ भन्ने कुराहरुको ख्याल गर्नुपर्छ । ड्रेसिङ टेबल किन्दै हुनुहुन्छ ? टेबल किन्दा निम्न कुराहरुमा ध्यान दिनुपर्छ-
ड्रेसिङ टेबल सामाग्री
आजकल बजारमा शीशा र स्टोनले बनेका ड्रेसिङ टेबलको फेशन छ । यो देख्दा राम्रो भएता पनि काठ र मेटलले बनेको डे्रसिङ टेबल बलियो हुन्छ । साथै काठ र मेटलको ड्रेसिङ टेबल अन्य ड्रेसिङ टेबलको तुलनामा सस्तो पनि हुन्छ । त्यस्तै मार्बल र शीशाले बनेको ड्रेसिङ टेबल गह्रौं र महंगो हुन्छ ।
कुर्सी भएको ड्रेसिङ टेबल
आजकल बजारमा कुर्सी नभएको ड्रेसिङ टेबल पनि उपलब्ध छन् । तर कुर्सी भएको डे्रसिङ टेबल खरिद गर्नु उपयुक्त हुन्छ । त्यस्ता कुर्सीहरु धेरै प्रकारका हुन्छन् । केबल स्टूल मात्र भएको अथवा कुसन पनि भएको कुर्सी पनि उपलब्ध हुन्छन् । यदि तपाईंलाई ठूलो ड्रेसिङ टेबलसँग ठूलो नै कुर्सी राम्रो लाग्छ भने त्यस्ता कुर्सीहरु पनि बजारमा उपलब्ध छन् ।
राख्ने ठाउँ
ड्रेसिङ टेबल राख्ने उपयुक्त ठाउँ भनेको झ्याल नजिक हो, किनभने झ्याल नजिक डे्रसिङ टेबल राख्दा प्राकृतिक उज्यालो आउँछ र तपाईं आफूलाई राम्रोसँग देख्न सक्नु हुन्छ । यसबाहेक यदि तपाईंले ड्रेसिङ टेबल नजिक बफेट ल्याम्प अथवा टेबल ल्याम्प राख्नु भयो भने सुनमा सुगन्ध हुन्छ ।
ड्रेसिङ टेबल र प्रकाशको प्रयोग
तपाईं तयार हुनको लागि उज्यालो हुनु अति नै आवश्यक हुन्छ । यसको लागि एउटा सानो लाइट ऐनाको कुनामा राख्नाले तपाईंलाई पूर्ण उज्यालो प्राप्त हुन्छ ।
प्रतिक्रिया 4