+
+
Shares

स्पेनमा संविधान दिवस मनाइयो

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज ५ गते १३:५९

बार्सिलोना। म्याड्रिडस्थित नेपाली दूतावासले चौंथो संविधान दिवस मनाएको छ। शुक्रबार म्याड्रिडस्थित होटल इन्टरकन्टिनेन्टलमा विदेशस्थित उच्च अधिकारीहरु तथा नेपाली समुदायको उपस्थितिमा दूतावासले  संविधान दिवस मनाएको हो।

बिशेष समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि स्पेनका परराष्ट्रमन्त्रालयका बरिष्ठ राजनीतिक सल्लाहकार प्याट्रिक सानड्रोभाल निकोलासले नेपालले स्पेनमा कुटनीतिक नियोग स्थापना गरेकोमा खुशी प्रकट गर्दै नेपालको विकासमा स्पेन साझेदार बन्ने बताए।

कार्यक्रममा स्पेनको परराष्ट्रमन्त्रालयका एसिया महाशाखा बिभागका बरिष्ठ अधिकारी अगुष्तो रेडोन्डोलगायत एक दर्जनभन्दा बढी देशका राजदूत तथा सरकारी प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

कतार, कुबेत, अफगानिस्तान, इन्डोनेशिया, पाकिस्तानलगायत देशका राजदूतहरु तथा भारत, संयुक्त राज्य अमेरिकी दूतावासका उच्च अधिकारीहरु बिशेष समारोहमा सहभागी थिए ।

म्याड्रिडस्थित नेपाली राजदूतावासका कार्यबाहक राजदूत हरिहरकान्त अर्यालले सो अवसरमा नेपाल भ्रमण वर्ष २०२० अभियानबारे चर्चा गरे। नेपालको संस्कृति र पर्यटन प्रवर्धनसम्बन्धी भिडियोसमेत देखाइएको थियो।

स्थानीय कलाकारहरुले संगीत तथा नृत्य प्रस्तुत गरेका थिए। उक्त समारोहमा नेपाली समुदायसहित विदेशी कुटनीतिज्ञ र पाहुना गरी झन्डै सय जनाको उपस्थिति रह्यो। संबिधान दिवस तथा राष्ट्रिय दिवसको अबसरमा दूतावासमा नयाँ झण्डा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?