Comments Add Comment

नेपाल इन्भेष्टमेन्ट बैंंक र इसेवाफोन पेबीच अनलाईन भुक्तानी सम्झौता

५ असोज, काठमाडौं । नेपालको पहिलो पेमेन्ट गेटवे इसेवाफोन पे प्रालि र नेपाल इन्भेष्टमेन्ट बैंकबीच अनलाइन भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै अब नेपाल इन्भेष्टमेन्ट बैंकबाट इसेवामा रकम लोड गर्न तथा विभिन्न्ा वस्तु तथा सेवाहरूको सहजै भुक्तानीगर्न सकिनेछ ।

ग्राहकहरूले बैंकको इन्टरनेट बैंकिङ तथा कुनैपनि शाखामार्फत सहजै इसेवामा रकम लोड गर्न सक्नेछन् भने इसेवा खातामा भएको रकम पनि सिधै बैंकमा जम्मा गर्न सक्नेछन् । इसेवाबाट मोबाईल रिचार्ज, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, हवाइ जहाज तथा बसको टिकट, विद्यालय/क्याम्पस को शुल्क भुक्तानी, होटेल र रेष्टुरेण्टको बिल भुक्तानी लगायतविभिन्न सुविधा उपभोग गर्न सकिनेछ ।

पछिल्लो समयमा इसेवाले क्युआर कोडमार्फत गरिने भुक्तानीलाई प्रवर्द्धन गरिरहेको छ । हाल इसेवामा ५५ हजार क्युआर मर्चेन्ट आबद्ध भइसकेका छन् भने क्युआर कोडमा इसेवाले आकर्षक क्यास ब्याक तथा छुटको व्यवस्था समेत गरेको छ । अबदेखि नेपाल इन्भेष्टमेन्ट बैंकका ग्राहकले इसेवामा पैसा लोड गरी सजिलै क्युआर कोडको सुविधा पनि लिन सक्नेछन् ।

इसेवामाहाल ५५ वटा बैंक तथावित्तीय संस्था आबद्ध भएका छन् । यी बैंक तथा वित्तीय संस्थाबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ । हाल इसेवाकाग्राहक २५ लाखभन्दा बढी पुगीसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment