Comments Add Comment

जेनेस सोलुसनद्वारा यूकेएडको रोजगारीका लागि सीप कार्यक्रमसँग सहकार्य

५ असोज, काठमाडौं । क्लाउड कम्प्युटिङ इकोसिस्टम र वेब/सफ्टवेयर विकाससम्बन्धि विशिष्टीकृत कम्पनी जेनेस सोलुसनले सन् २०१९ अगष्ट देखि युकेएडको रोजगारीका लागि सीप कार्यक्रम (सीप)सँग सहकार्य आरम्भ गरेको छ ।

जेनेस सोलुसनका निर्देशक निरञ्जन उदास र युकेएड सीपका टिम लिडर बलजीत बोहराले जनकपुरमा आयोजित बिशेष कार्यक्रममा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत र डीएफआईडी नेपालकी प्रमुख लिजा होनानको उपस्थितिमा सहकार्य सहमतिपत्रमा हस्ताक्षर गरे ।

यूकेएड सीपसँग साझेदारीपत्रमा हस्ताक्षरपछि जेनेसले विश्वव्यापी मान्यताप्राप्त क्लाउड कम्प्युटिङ प्रशिक्षण र प्रमाणीकरणसम्मको पहुँच प्रदान गर्ने तथा त्यसलाई अंगीकार गरी नेपालमा शैक्षिक संस्थाहरूको क्षमता अभिवृद्धिका साथसाथै नेपाल र विश्वभरि रोजगारी उपलब्ध गराउने गरि जेनेस क्लाउड एकेडेमी -जीसीए) नामको विशेष परियोजना सञ्चालन गर्ने तयारी गरेको छ ।

जेनेसले अब नेपालमा उद्योगमुखी क्लाउड कम्प्युटिङ प्रशिक्षणहरू प्रदान गर्न र अमेजनको जब पोर्टलमार्फत विश्वव्यापी रोजगारीमा पहुँचका लागि लोकपि्रय अमेजन वेब सर्भिस (एडब्लूएस) एजुकेट प्रोग्राम सञ्चालन गर्नेछ ।

यूकेएड सीपले संघीय, प्रादेशिक र स्थानीय तहका सम्बन्धित सरकारी निकायहरू, निजी क्षेत्र, दातृ निकायहरू र अन्य सरोकारवालाहरूसँग नजिकको सहकार्य सुनिश्चित गर्दै परियोजनामा सह लगानी गर्नेछ ।

परियोजनाको पहिलो वर्षमा जेनेसले नेपालका विभिन्न सहरहरूका (प्रदेश नं २ र ५ मा केन्द्रीत रहँदै) २५ भन्दा बढी शैक्षिक प्रतिष्ठानहरूसँग रणनीतिक सहकार्य विकसित गर्नेछ, यसअन्तर्गत  विद्यार्थी र शिक्षकहरूलाई उदाउँदा क्लाउड कम्प्युटिङका विषयहरूमा पहुँचका उपकरण (एक्सेस टुल्स), पाठ्यकक्रम र प्रमाणीकरणमा मार्ग प्रशस्त गर्नका लागि एडब्लूएस एजुकेट प्रोग्राम, माइक्रोसˆट लर्न प्रोग्रामजस्ता अन्तर्राष्ट्रिय स्तरमा मान्यताप्राप्त तालिमका विधिहरू (मोड्युल) लाई अंगीकार गर्न प्रोत्साहित गरिनेछ ।

यो कार्यक्रमलाई एडब्लूएस एजुकेट, माइक्रोसˆट एजुकेसन, गुगल एजुकेसन, अलिबाबा क्लाउड एकेडेमी, सिस्को नेटवर्किङ एकेडेमी र एट्लासियन युनिभर्सिटीको सहयोग रहेको छ ।

अनलाइन प्रशिक्षण र व्यक्तिगत अध्यापनको मिश्रति विधि उपयोग गर्दै,  प्रशिक्षक प्रशिक्षणका माध्यमबाट शैक्षिक प्रतिष्ठानहरूको दिगो रूपमा क्षमता र स्तरोन्नति गर्दै, जेनेसले यस्ता कार्यका लागि तैयार जनशक्ति निर्माण गर्ने लक्ष्य लिएको छ, जुन विद्यार्थी दीक्षित भएर निस्कँदा उनिहरु उद्योगमा प्रभावकारी रूपमा प्रवेश गर्दै  उत्पादकत्व आबश्यक्तालाई पुरा गर्न सक्षम हुनेछ ।

सीपमूलक प्रशिक्षणमा एप्लिकेसन डेभलपर, क्लाउड सपोर्ट इन्जिनियर, क्याउड सपोर्ट एसोसियट, साइबर सेक्युरिटी स्पेशलिस्ट र डाटा इन्टिग्रेसन स्पेशलिस्ट, आर्टिफिसियल इन्टिेलिजेन्स एन्ड मेसिन लर्निङ डेभलपर, आईओटी डेभलपर, डिजिटल मार्केटर, बिजनेस एनालिस्ट्स लगायत पदीय भूमिकालाई समेटिन्छ ।

प्रशिक्षणमा सहभागी विद्यार्थीहरूलाई विश्वबजारमा उपलब्ध स्वतन्त्र र अनलाइन जागिर प्रदान गर्ने ४,००० भन्दा बढी रोजगारदातासम्मको पहुँच हुने गरि एडब्लूएस एजुकेट्सको जब पोर्टलसँग आवद्ध तुल्याइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment