Comments Add Comment

सिटी एक्सप्रेस मनी ट्रान्सफर, मेगा र नेशनल कमर्सियल बैंक क्विक पेबीच रेमिट्यान्स करोबार

५ असोज, काठमाडौं । सिटी एक्सपे्रस मनी ट्रान्सफर र मेगा बैंकको सहकार्यमा साउदी अरबको ख्याति प्राप्त बैंक नेशनल कमर्सियल बैंक क्विक पे बीच रेमिट्यान्स कारोबार सुरु भएको छ ।

क्विक पे को ३७७० एटिएमका साथै ४०० भन्दा बढि रेमिटान्स सेन्टरहरुबाट मेगा बैंक मार्फत सिटी एक्सप्रेसको कुनै पनि ७००० भन्दा बढी एजेन्टहरु र मेगा बैंकको १०२ ब्रान्चहरुबाट नगद वा कुनै पनि बैंक खातामा पैसा जम्मा गर्न सकिने छ ।

नेशनल कमर्सियल बैंकको उच्च अधिकारीहरुले सिटी एक्सप्रेस तथा मेगा बैंकको सहकार्यमा सम्झौता भएकोमा खुशी व्यक्त गर्दै आगामी दिनहरुमा नयाँ प्रविधि र बृहत बजार रणनीतिको साथ अगाडी बढ्ने बताएका छन् ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ बर्ष देखि विश्व भरी आˆनो रेमिट एजेन्टहरु बाट ७००० भन्दा बढि नेपालको एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment