Comments Add Comment

पहिलो हाफसम्म नेपालमाथि भुटानको अग्रता

५ असोज, काठमाडौं । यू-१८ साफ च्याम्पियनसिप फुटबलमा कमजोर मानिएको भुटानविरुद्ध खराब प्रदर्शन गर्दै पहिलो हाफमा १-० गोलले नेपाल पछि रहेको छ ।

हलचोकस्थित एपीएफको खेल मैदानमा जारी खेलको पहिलो हाफमा गोल खादै नेपाल भुटानसँग १-० गोलले पछि परेको हो । निकै दबाब दिएर खेलेको नेपालले गोल गर्ने अवसर निकै खेर फाल्यो ।

खेलको ४०औं मिनेटमा भुटानले गोल गर्दै अग्रता बनाएको हो । सेमिफाइनल मा स्पष्ट रुपले पुग्नका लागि आजको खेल नेपालले जित्नै पर्ने हुन्छ । बराबरी गरेको खण्डमा भने सेमिफाइनल पुग्ने टिमको छिनोफानो भने भुटान र माल्दिभ्सबीचको खेलले लाग्नेछ ।

यसअघि नेपालले माल्दिभ्ससँग १-१ गोलको बरा बरी खेलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment