+

भारतमाथि दक्षिण अफ्रिकाको सहज जित

२०७६ असोज  ६ गते ७:४० २०७६ असोज ६ गते ७:४०
भारतमाथि दक्षिण अफ्रिकाको सहज जित

६ असोज, काठमाडौं । घरेलु टोली भारतविरुद्ध दक्षिण अफ्रिकाले तीन खेलको टी–२० क्रिकेट सिरिज बराबरीमा सकाएको छ ।

आइतबार राति सम्पन्न अन्तिम तथा तेस्रो खेलमा दक्षिण अफ्रिकाले भारतलाई ९ विकेटले पराजित गरेसँगै सिरिज १–१ को बराबरीमा सकाएको हो । १३५ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको दक्षिण अफ्रिकाले १६.५ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य भेटायो ।

दक्षिण अफ्रिकाका लागि कप्तान डी कक्ले अविजित ७९ रन बनाए । उनले ५२ बलमा ६ चौका र ५ छक्का प्रहार गरे । त्यस्तै, रिजा हेन्ड्रिक्सले २८ रन बनाउँदा तेम्बा बाभुमाले अविजित २७ रन बनाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३४ रन बनाएको थियो । भारतका लागि शिखर धवनले ३४ तथा रिषभ पन्त र रवीन्द्र जडेजाले समान १९–१९ रन बनाए ।

बलिङतर्फ दक्षिण अफ्रिकाका कागिसो रबडाले तीन विकेट लिए ।

भारत र दक्षिण अफ्रिकाबीचको टी–२० क्रिकेट सिरिजको पहिलो खेल भने वर्षाको कारण रद्द भएको थियो । दोस्रो खेलमा भने भारतले दक्षिण अफ्रिकालाई सात विकेटले पारजित गरेको थियो ।

 

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय