Comments Add Comment

सार्वजनिक रुपमै पूर्व प्रेमि/प्रेमिकाको बेइज्जत गर्ने बलिउडकर्मीहरु

बलिउडमा केही प्रेम सम्बन्ध अत्यन्त सफल भएका छन् । ती सम्बन्धले विवाहकै रुप समेत लिएका छन् । यद्यपि, त्यहाँ केही त्यस्ता प्रेम सम्बन्धहरु पनि छन्, जो गन्तब्यमा पुग्नु अघि नै टुक्रिएका छन् । सम्बन्ध टुक्रिएपछि उनीहरु एक-अर्काका शत्रु झैं बन्न पुगेका केही उदाहरण समेत छन्, जसले सार्वजनिक रुपमै आफ्ना प्रेमि अथवा प्रेमिकाको बेइज्जत गर्न समेत अफ्ट्यारो मानेनन् ।

ज्याकलिन फर्नान्डिस र साजिद खान

भनिन्छ, यी दुबैले पहिलो भेटमै एक-अर्कालाई मन पराएका थिए । उनीहरुले विवाह नै गर्ने योजना समेत बनाएका थिए, यद्यपि साजिदको आवश्यकताभन्दा बढि अपनत्व देखाउने स्वभावका कारण दुबै छुट्टनिु पर्‍यो । ब्रेकअपपछि साजिद खानले एउटा प्रतिक्रिया दिँदै भनेका थिए-‘हाम्रो ब्रेकअप मे २०१३ मा भएको हो, तर वास्तवमा हाम्रा सम्बन्ध बिग्रन थालेको डिसेम्बर २०१२ देखि नै हो ।

जब तपाईंको जीवनमा कुनै महिला हुन्नन्, त्यो बेला तपाईंले काममा बढि ध्यान दिन सक्नु हुनेछ, किनभने त्यो बेला तपाईंको टाउकोमा टेक्ने कोही पनि हुँदैन । म ‘हिम्मतवाला’ को निर्माणको क्रममा उनीसंग पाँच दिनको छुट्टमिा गएको थिएँ, उक्त फिल्म व्यवसायिक रुपमा सफल नहुँदा म निकै दुःखी भएँ । तर ‘हमशक्ल’ फिल्म बनाइ सकेपछि मैले एक दिन पनि छुट्टी लिइन ।’

प्रीति जिन्टा र नेश वाडिया

एउटी अत्यन्त सफल अभिनेत्रीको भेट एक जना व्यवसायीसंग हुन्छ । भेटलगत्तै दुबैबीच माया-प्रेमको सम्बन्ध गाँसिन्छ । उनीहरु दुबै मिलेर आईपिएलको एउटा टिभ किङ्स इलेभन पञ्जाव किन्छन्  । तर उक्त मायालु दिनहरु लामो समयसम्म टिक्न पाउँदैन । जून २०१४ मा प्रीति जिन्टाले नेस वाडियामाथि उत्पीडन, अत्याचार तथा कुटपीटको आरोप लगाउँदै उनीसंग ब्रेकअप गर्छिन् ।

त्यो बेला प्रीतिले सार्वजनिक रुपमै भनेकी थिइन्-‘उनले मलाई धम्कि दिँदै म केही पनि होइन भनेका थिए । म केवल सामान्य स्तरकी अभिनेत्री मात्र हुँ र उनी निकै शक्तिशाली व्यक्ति हुन् । मुम्बईको वानखेडेमा जुन घटना घट्यो, त्यसले मलाई पूर्ण रुपमा स्तब्ध बनाइदियो ।’ नेस वाडियाविरुद्ध प्रहरीमा उजुरी दर्ता गर्दै प्रीतिले भनेकी थिइन्-‘उनी मेरो कुर्सी नजिकै आए र सबैको अगाडि मलाई ठूल्ठूलो स्वरले कराउँदै गाली गर्न थाले । उनले यति तल्लो स्तरको भाषा प्रयोग गर्दै गाली गरेका थिए, जसबाट उनले मेरो होइन आफ्नै चरित्र र प्रतिष्ठालाई ध्वस्त बनाए ।’

ऐश्वर्या राय र सलमान खान

ऐश्वर्या राय र सलमान खानको प्रेम कथा बलिउडको सबैभन्दा रहस्यमयी प्रेम कथाहरु मध्येको एक मानिन्छ । कुनै बेला उनीहरुले एक-अर्कालाई असाध्यै प्रेम गर्दथे, तर पछि परिस्थितिहरु यति धेरै बिगि्रए कि उनीहरुले एक-अर्काको अनुहार समेत हेर्न चाहँदैन थिए । समाचारहरुका अनुसार, ऐश्वर्याले एउटा अन्तर्वार्ताको क्रममा सलमान उनको फिल्मको छायांकनस्थल तथा घरको बाहिर आएर गाली-गलौज गर्दथे र भिँडभाड नै जम्मा गर्दथे ।

ऐश्वर्याले एक पटक सार्वजनिक समारोहमै भनेकी थिइन्-‘हाम्रो ब्रेकअपपछि पनि उनले मलाई फोन गरेर तथानाम भनेका थिए । उनलाई के लाग्थ्यो भने मेरो आफ्नै सह-कलाकारसंग मेरो अफेयर छ । धेरै पटक त सलमानले ममाथि हात नै उठाएका थिए तर भगवानको दयाका कारण मेरो अनुहारमा कुनै दाग लागेन । म यति सबै भैरहँदा पनि आफ्नो काममै केन्द्रित हुन्थें, मानौं ममाथि केही भएकै छैन जस्तो गरि । म उनको अफ्ट्यारा क्षणहरुमा, उनका नराम्रा व्यवहारका बाबजूद म उनीसंगै उभिरहेकी थिएँ, तर त्यसको बदलमा मैले धेरै थोक सहनु पर्‍यो । वाक्क भएर मैले नै उक्त सम्बन्धलाई तोडिदिएकी हुँ ।’

सैफ अलि खान र अमृता सिंह

अमृता सिंहसंग सम्बन्ध विच्छेद भएपछि सैफ अली खानले सम्बन्ध विच्छेदका कारणहरु, अंशवण्डा तथा त्यसपछिका घटनाक्रमहरुलाई सन् २००५ मा एउटा अन्तर्वार्ताका क्रममा खुलेर आफ्नो धारणा व्यक्त गरेका थिए । सेफले भनेका थिए-यदि तपाईंलाई कसैले पटक-पटक तपाईं कुनै कुराका लायक हुनुहुन्छ भन्यो भने र तपाईंकै आमा र दिदी-बहिनीहरुलाई तल्लो स्तरको गाली गर्न थाल्यो भने तपाईंलाई कस्तो लाग्छ ? मैले ती सबै कुराहरु सहेको छु ।’

सैफका अनुसार श्रीमती हट र सेक्सी भइन् भने अझ राम्रो हुनेछ, ताकि जिन्दगीमा तपाईंले कुनै सुन्दर महिलासंग विवाह गर्न पाइन भन्ने कुराको पश्चाताप नै हुँदैन ।’

शाहिद कपूर र करीना कपूर

शाहिद र करीना कपूरका सम्बन्ध चार वर्षसम्म चल्यो र फिल्म ‘जब वी मेट’ को छायांकनको क्रममा उनीहरुको ब्रेकअप भयो । त्यसो त ब्रेकअपपछि दुबै आ-आफ्नो जीवनमा रमाए, दुबैले विवाह समेत गरे । त्यहि पनि अहिलेसम्म दुबै एक-अर्कासंग बोलचाल नै गर्दैनन् ।

शाहिद कपूरको मनमा यति धेरै तीतो भरिएको थियो कि एउटा अन्तर्वार्ताको क्रममा उनलाई करिनासंग पुनः काम गर्ने सम्भावनाको बारेमा सोधिएको थियो, त्यसबेला उनको जवाफ थियो-‘यदि मेरा निर्देश्ँकले कुनै गाई-भैंसीसंग समेत काम गर्न भने भने एउटा कलाकारको रुपमा म खुशी-खुशी गर्नेछु ।’ शाहिदका अनुसार उनको सबैभन्दा ठूलो गल्ति के थियो भने उनी निकै राम्रा प्रेमि थिए । चार वर्ष लामो सम्बन्धमा म निकै गम्भिर थिएँ । ब्रेकअपपछि मैले के सिकें भने राम्रो हुनु नै सबै थोक होइन रहेछ ।’

अक्षयकुमार र शिल्पा शेट्टी

शिल्पा शेट्टी अक्षय कुमारलाई असँध्यै धेरै प्रेम गर्थिन् र उनीसंगै विवाह गर्ने सपना देख्थिन् । तर, अक्षयकुमारले उनलाई धोका दिएर ट्वींकल खन्नालसंग विवाह गरिदिए । एउटा अन्तर्वार्ताको क्रममा शिल्पाले भनेकी छिन्-‘अक्षयकुमारले मलाई प्रयोगमात्र गरे, जसै उनले दोस्री युवती भेटे, मलाई छाडिदिए । पुराना कुराहरु बिर्सन त्यति सजह हुँदैन, तर मलाई के कुराको खुशी छ भने मैले सबै कुरा बिर्सिएर अगाडि बढ्न सफल भएँ । म भविष्यसम्म पनि उनीसंग काम गर्ने छैन ।’

दीपिका पादुकोण र रणवीर कपूर

त्यसो त दीपिका पादुकोण विवादमा आउन मन पराउने नाम होइन, त्यसको ठिक विपरित उनी आफ्नो शालिनताका कारण लोकपि्रय मानिन्छिन् । रणबीर कपूरसंग ब्रेकअप भएपछि उनी निकै दुःखी भइन् । लामो समयसम्म उनी डिप्रेसनकै शिकार भइन् । तर, कफि विद करणको एउटा सीजनमा रणबीर कपूरको रमाइलो स्वभावप्रति ठट्टा गर्दै उनले भनेकी थिइन्-‘रणबीरले कण्डमको विज्ञापन गर्नु पर्छ र उनले आफ्नो ब्वाइफ्रेन्ड स्किलमा काम गर्नु पर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment