Comments Add Comment

के तपाईंको पनि कपाल र्झछ ?

हाम्रो सुन्दरतामा कहिलेकाहीँ विभिन्न समस्याहरु आउँछन् । जसका कारण हामी चिन्तित हुन्छौं । अनुहारमा चायापोतो आउनु, डण्डिफोर आएर अनुहारमै दाग बस्नु जस्ता अनेक समस्याहरु हुन्छन् । उमेर बढ्दै गएपछि अनुहार सँग-सँगै कपालसँग सम्बन्धी अनेक समस्याहरु पनि देखिन थाल्छन् ।

कपाल विभिन्न कारणले झर्ने गर्छ । मौसमको परिवर्तन, उमेर, खानपान, उचित स्याहारको अभाव, स्याम्पु तथा टाउकोमा प्रयोग गरिने अन्य प्रशाधनका सामानले पनि कपाल र्झछ ।

कपाल झर्ने समस्या प्राय सबैमा हुने गर्छ । कतिपयलाई यो समस्याले धेरै चिन्तित बनाउँछ । किनभने हाम्रो सुन्दरता बढाउन कपालको महत्वपूर्ण भूमिका छ । कपाल भएको व्यक्तिको सुन्दरता र कपाल नभएको व्यक्तिको सुन्दरतामा आकाश जमिनको फरक हुन्छ । त्यसैले आज हामी कपाल झर्ने समस्याको समाधान कसरी गर्ने भन्नेबारेमा केही जानकारी दिन्छौं ।

-राति अमलाको धुलो पानीमा भिजाएर राख्नुहोस् । बिहान पानीबाट अमलाको धुलो निखार्नुहोस् । त्यसपछि अमलाको धुलोमा कागती निचोर्नुहोस् । अब यो पेस्ट कपालमा लगाएर मसाज गर्नुहोस् । केश र्झन रोकिन्छ ।

-नीमको तेलको केही थोपा दिनहुँ नियमित रुपले नाकमा हाल्नाले र दिनहुँ दूध सेवन गर्नाले पनि कपाल झर्ने समस्याबाट राहत प्राप्त हुन्छ ।

– मासको दाललाई उमाल्नुहोस् र सेलाएपछि कपालको जरामा रगड्दै मसाज गर्नुहोस् । यो प्रकृयालाई नियमित रुपमा गर्नाले कपाल र्झन कम हुन्छ ।

-कागतीको रसमा वर अथवा वरको जरा पिनेर पेस्ट बनाउनुहोस् । यो पेस्टले कपाल नुहाउनुहोस् । त्यसपछि नरिवलको तेलले कपाल मसाज गर्नुहोस् । यो तरिका नियमित रुपले गर्नाले पनि कपाल झर्ने समस्या कम हुन्छ ।

-एक चम्चा कालो तिल र एक चम्चो भृंगराजको फूल, फल, पात, डाँठ अथवा जरा मसिनो हुने गरी पिस्नुहोस् । यो पेस्टलाई पानीमा मिसाएर नियमित सेवन गर्नाले पनि कपाल झर्ने समस्या कम हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment