+
+
Shares

राजपा नेपालको अध्यक्ष मण्डलको संयोजकमा महन्थ ठाकुर

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज ६ गते १३:४५

६ असोज, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी महन्थ ठाकुरले पाएका छन् । उनले सोमबारदेखि नै अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी सम्हाल्नेछन् ।
आइतबार बसेको राजपा अध्यक्ष मण्डलको बैठकले ठाकुरलाई संयोजकको जिम्मेवारी दिएको हो ।

तराई मधेस केन्द्रित ६ वटा पार्टी एकीकरण भएर बनेको पार्टी राजपामा ती सबै ६ वटै पार्टीका अध्यक्षहरु अध्यक्ष मण्डलमा रहेका छन् । तिनीहरुमध्येबाट पालैसँग अध्यक्ष मण्डलको संयोजक चयन हुने व्यवस्था गरिएको छ । यसअघि अध्यक्ष मण्डलको संयोजक राजकिशोर यादव थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?