Comments Add Comment

प्राईम्याक्स सर्भिस सेन्टरको ‘सर्भिस ल्याब’को स्तरोन्नति

६ असोज, काठमाडौं । प्राईम्याक्स सर्भिस सेन्टरले सर्भिस ल्याबको स्तरोन्नति गरेको छ । अब नेपालमा नै विश्वस्तरीय गुणस्तर र उच्चस्तरीय प्रबिधीका साथ क्याननका लेन्सहरुको (Canon E“ 200mm “L” सम्म)  मर्मत सेवा सुचारु गरिएको जानकारी कम्पनीले जनाएको छ ।

प्राईम्याक्स सर्भिस सेन्टरले सो सेवा सुबिधा प्रदान गर्न आफ्नो ईन्जिनियरहरुलाई वैदेशिक प्रशिक्षण प्रदान गराई दक्ष जनशक्ति निर्माण गरेको छ । प्राईम्याक्स सर्भिस सेन्टर नेपालको लागि क्याननको एक मात्र आधिकारिक सर्भिस सेन्टर हो ।

प्राईम्याक्स सर्भिस सेन्टरमा आउने सबै क्यामरा तथा लेन्सहरु सफ्टवेयरद्वारा क्यानन जापानले निरिक्षण र नियमन गरी क्यानन जापानसरह नै सेवा सुबिधा प्रदान गर्दछ ।

एसिया भरीमै क्याननकै प्रतक्ष स्वमित्व नभए पनि “FULL DSLR” मर्मत गर्ने थोरै मात्र सर्भिस सेन्टरहरु मध्य प्राईम्याक्स सर्भिस सेन्टर पनि पर्छ । कम्पनीले नेपाली क्यानन प्रयोगकर्ताप्रतिको प्रतिबद्दतालाई कायम राख्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment