+
+

दैनिक साढे ३ लाख किलो कुखुराको मासु खान्छन् काठमाडौंवासी

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज ६ गते १६:११

६ असोज, काठमाडौं । वाणिज्य विभागले काठमाडौं उपत्यकामा दैनिक रुपमा खपत हुने माछामासुको परिमाण सार्वजनिक गरेको छ । विभागको तथ्यांकअनुसार काठमाडौंमा सबैभन्दा बढी कुखुराको मासु खाइन्छ ।

उपत्यकामा दैनिक ३ लाखदेखि ३ लाख ५० हजार किलो कुखुराको मासु खपत हुनेको गरेको छ । यसैगरी, दैनिक १२ सय खसी काटिने गरेको पनि विभागले जनाएको छ ।

यस्तै ८ सय राँगा र भैसी काठमाडौंकै मासुको लागि दैनिक रुपमा बध हुने गरेका छन् । मासुकै लागि ६ सय वटा बंगुर पनि ढालिन्छन् । उपत्यकाको तीन जिल्लामा गरेर दैनिक ५ हजार किलो माछा खपत हुने गरेको छ ।

उल्लेखित विवरण सामान्य अवस्थामा हुने खपतमा आधारित हो । दशैंमा यो दर बढ्ने विभागको भनाइ छ । राँगो, भैसी, खसी तथा बंगुरको उत्पादन र ठूलो बजारको माग तुलना गरेर आपूर्ति व्यवस्था सहज बनाउनका लागि व्यवसायीमार्फत तथ्याङ्क संकलन गरेको विभागले जनाएको छ ।

कुखुराको मासु, अण्डा र बंगुरमा नेपाल आत्मनिर्भर भए पनि राँगा, भैसी, खसी तथा माछा ठूलो परिमाणमा भारतबाट आयात हुने गरेको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?