+
+
Shares

सगरमाथाको फेदमा गल्फ प्रतियोगिता

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज ६ गते १६:३५

६ असोज, काठमाडौं । तेस्रो संस्करणको एभरेस्ट आमन्त्रण गल्फ प्रतियोगिता सगरमाथाको फेदमा आयोजना हुने भएको छ ।

बाह्रखरी मिडिया प्रालिले काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको बारेमा जानकारी दिएको हो ।

प्रतियोगिता दुई चरणमा हुनेछ । पहिलो चरणको खेल २० अक्टोबरमा चार हजार २५० मिटर उचाइमा रहेको कोङ्देरीमा खेलाइनेछ ।

पहिलो चरणमा ४० बढी कर्पोरेट गल्फरले एक पार-३ कोर्षमा प्रतिस्पर्धा गर्नेछन् । दोस्रो चरणमा, सबै गल्फरले अक्टोबर २६ मा काठमाडौंको गोकर्ण सफारी रिसोर्टमा बाँकी रहेका १७ होल खेल्नेछन् ।

दुई चरणमा गरी करिब सय गल्फरले प्रतिस्पर्धा गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?