Comments Add Comment

वीरगञ्जबाट ४ लाख २३ हजारको भन्सार छलीको सामान बरामद

६ असोज, काठमाडौं । वीरगञ्ज महानगरपालिका-१६ स्थित बाइपासबाट सोमबार सशस्त्र प्रहरीको गस्ती टोलीले करिब ४ लाख २३ हजार रुपैयाँ बराबरको भन्सार छलीका सामानहरु बरामद गरेको छ ।

भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडा, मेमोरीकार्ड, भाँडावर्तन बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ । यस्तै भारततर्फ लैजान लागेको अवस्थामा मरिच समेत बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद गरिएका सामानहरु आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक अम्मरबहादुर खत्रीले जानकारी दिए ।

झापाबाट पनि २ लाख ७४ हजारको सामान बरामद

यसैगरी सशस्त्र प्रहरीले झापाको मेचीनगर नगरपालिका १२ स्थित कालीझोडाबाट सोमबार करिब २ लाख ७४ हजार रुपैयाँ बराबरको भन्सार छलीका सामानहरु बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको किराना सामान तथा लत्ताकपडा बरामद गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक प्रेम कुमार भण्डारीले जानकारी दिए ।

नवलपरासीबाट १ लाख १६ हजारको सामान बरामद

यसैगरी पश्चिम नवलपरासी जिल्लाको सरावल गाउँपालिका ७ स्थित भुजहवा भन्ने
स्थानबाट सशस्त्र प्रहरीको टोलीले सोमबार करिब १ लाख १६ हजार रुपैयाँ बराबरको
भन्सार छलीको सामान बरामद गरेको छ ।

भारतबाट अवैध रुपले दुई वटा साइकलमा राखेर ल्याउँदै गरेको अवस्थामा सामान बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

धनुषाबाट ४ लाख २२ हजार ८ सय ५० को सामान बरामद

यसैगरी धनुषाको शहिद नगरपालिका ३ स्थित यदुकुवा र जनकपुर उपमहानगरपालिका १६ स्थित कपिलेश्वरबाट सोमबार सशस्त्र प्रहरीको टोलीले भन्सार छलीको लत्ताकपडा तथा खाद्यन्न बरामद गरेको छ ।

ज १० प १५८८ र ज १३ प १७६२ नम्बरको दुई वटा मोटरसाइकमा राखी भारतबाट
नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा मोटरसाइकलसहित सो सामान बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

४ लाख २२ हजार ८ सय ५० रुपैयाँ मुल्य बराबरको सामान र मोटरसाइकल आवश्यक कारबाहीको लागि भन्सार कार्यालय धनुषामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment