६ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) नेवालका लागि पूर्वाधार विकासको अपरिहार्य आवश्यकता भएको बताएका छन् ।
सी जिनपिङ विचारधाराबारे नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच छलफल कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले बीआरआईले कृषिको आधुनिकीकरण, औद्योगिकरण तथा सामाजिक विकासका लागि चाहिने पुँजी र प्रविधिमा पहुँच बढाइदिने बताए । त्यसैले बढो सोचविचार गरेर बीआरआईसम्बन्धी समझदारीमा मेरै प्रधानमन्त्री कालमा हस्ताक्षर गरेका हौं’ उनले भने ।
हाल बीआरआईको फ्रेमवर्कमा रहेर उच्च तहमा राजनीतिक समझदारी, आर्थिक क्रियाकलाप र सांस्कृतिक तथा जनस्तरको सम्बन्ध निरन्तर विकास भइरहेको प्रचण्डले बताएका छन् ।
