Comments Add Comment

जालसाजी मुद्दाका फरार प्रतिवादी वीरगञ्जमा पक्राउ

६ असोज, वीरगञ्ज । जालसाजी मुद्दामा ७ लाख रुपैयाँ जरिवाना भएका फरार एक प्रतिवादीलाई प्रहरीले वीरगञ्ज महानगरपालिका-१५ स्थित प्रतिमाचोकबाट सोमबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगंज महानगरपालिका-१५ लम्क्षणवाका ५८ वर्षीय राम अशिष राउत कुर्मी रहेका छन् ।

गत जेठ १४ गते पर्सा जिल्ला अदालतले कुर्मीलाई जालसाजी मुद्दामा ७ लाख रुपैयाँ जरिवाना सुनाएको थियो ।

पक्राउ परेका कुर्मीलाई आवश्यक कारबाहीका लागि आदलत पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment