Comments Add Comment

नेपाल चीन सम्बन्ध स्वार्थहरुको लेनदेनभन्दा माथि छः प्रधानमन्त्री

६ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल चीन सम्बन्ध आपसी शान, सम्मान र सहयोगमा आधारित रहेकेा बताएका छन् ।

सी जिनपिङ विचारधाराबारे नेपाल कम्युनिस्ट पार्टी -नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टीबीच भएको छलफलमा प्रधामन्त्री ओलीले दुई देशको सम्बन्ध हिमालझैं उच्च र अटल रहेको बताए । ‘हाम्रा मित्रता खुला छ, स्वतन्त्र र अटल छ । हामी एक अर्काका सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताको सम्मान गर्छौं,’ उनले भने, ‘हाम्रो मित्रता स्वार्थहरुको लेनदेनभन्दा धेरै माथि छ, आपसी शान, सम्मान अनि सहयोगमा आधारित छ ।’

हाम्रो दुई देशबीच समस्यारहित सम्बन्ध रहेको र समयक्रममा आउने समस्या पनि आपसी संवादबाट हल गर्ने बताए ।

उनले नेपाल ‘एक चीन नीति’प्रति स्पष्ट र दृढ रहेको पनि बताए ।

प्रधानमन्त्री ओलीले नेपाल चीनसँगको सहकार्यबाट विकास निर्माणको कामलाई अघि बढाउन सक्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment