+
+
Shares

नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीवीच सम्झौता पत्रमा हस्ताक्षर हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज ७ गते ६:५०

७ असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) वीच औपचारिक सम्झौतापत्रमा हस्ताक्षर हुने भएको छ ।

नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र सीपीसीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ ताओको उपस्थितिमा हुन लागेको सम्झौतापत्रमा उच्च स्तरीय भ्रमण आदान–प्रदान तथा दुई पार्टीवीचको सहयोग सम्बन्धमा हस्ताक्षर हुने नेकपा नेताहरुले बताएका छन्  ।

समझदारीपत्रमा नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपाल र सीपीसीका विदेश विभाग प्रमुख सोङ ताओले पनि हस्ताक्षर गर्नेछन् ।

नेकपा र सीपीसीका नेताहरुवीच सोमबारदेखि काठमाडौंमा दुईदिने विचार आदान–प्रदान कार्यक्रम भइरहेको छ । कार्यक्रमको दोस्रो दिन दुई पार्टीवीच औपचारिक सम्झौता–पत्रमा हस्ताक्षर हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?