Comments Add Comment

आइएमइबाट पैसा पठाउँदा युएईमा दुई नेपालीले पाए नगद उपहार

युएई । आइएमई दशैं-तिहार डबल योजना अन्तरगत युएईमा कार्यरत दुई जना नेपालीले उपहार जितेका छन् ।

सेप्टेम्बर महिनाको पहिलो र दोस्रो हप्ताको बिजेता युएईबाट छानिएका हुन् । विदेशबाट आइएमई रेमिटको माध्यमबाट नेपाल रकम पठाउनेहरु यो योजनामा सहभागी हुने र उनीहरुले पठाएको रकमको डबल रकम पाउने आइएमई अधिकृत इश्वर अधिकारीले जानकारी दिए ।

सोही अन्तरग गत हप्ता स्याङ्जा घर भइ युएईमा कार्यरत विजयी नेपालीले डबल योजना जितेका हुन् ।

नेपालीले अल अहलिया एक्सचेन्जको रसलखेमा शाखाबाट आइएमई गरी नेपाली ३० हजार रुपैयाँ रकम पठाएका थिए ।

लक्की ड्रमार्फत बिजयी छानिएका उनले ६० हजार रुपैयाँ पाएको आइएमई युएई प्रमुख उतम बस्नेतले जानकारी दिए ।

यस्तै र अघिल्लो हप्ता सुनसरीका महेश आले बिजेता बनेका थिए । उनले एल अनसारी एक्सचेन्चबाट ६ हजार रुपैयाँ पठाएका थिए । त्यसको डबल १२ हजार रुपैयाँ उनले पाएका हुन् ।

आइएमइको यो योजनामा हरेक हप्ता विश्वभरका दुई जना नेपाली बिजेता छानिने छन् । आइएमईको दशैं-तिहार डबलको डबल उपहार योजना सेप्टेम्वर १ तारिखदेखि सुरु भएको हो । यो योजना नोवेम्बर १६ सम्म सन्चालनमा रहने छ ।

योजना अवधिभर साप्ताहिक २ जनालाई आइएमई गरिएको रकमको डबल, मासिक २ जनालाई आइएमइ गरिएको रकमको चारगुणा बढी तथा बम्पर योजनामा सहभागी मध्येको एकजनाले आइएमइ गरिएको रकमको ८ गुणसम्म रकम जित्ने आइएमइका अधिकृत ईश्वर अधिकारीले बताए ।

आइएमइले सदाझै दशैं-तिहार लक्षित सेवाग्राहीमुखी उपहार योजना ‘आइएमइ गरौं आइएमइ गरिएको रकमको डबलको डबलको डबल जितौं’ भन्ने योजना १ सेप्टेम्बर, २०१९ देखि नोवेम्बर १६ सम्म गरी जम्मा ७७ दिनको लागि संचालनमा रहेको आइएमई अधिकृत ईश्वर अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment