Comments Add Comment

आयुष्मानको ‘ड्रिम गल’ सय करोड क्लबमा

लगातार ६ वटा सुपरहिट चलचित्र दिने क्रममा नायक आयुष्मान खुरानाले दोश्रो पटक बक्स अफिसमा सेन्चुरी मारेमा छन् । उनको मुख्य भूमिका रहेको चलचित्र ‘ड्रिम गल’ले बक्स अफिसमा सय करोड क्लबको लोभलाग्दो आँकडालाई छोएको छ ।

यो चलचित्र भन्दा एक साता अगाडि मात्र रिलिज भएको ‘छिछोरे’ले बक्स अफिसमा सय करोड क्लबको आँकडा पार गरिसकेको छ । बलिउडमा राम्रो कथामा बनेका चलचित्र सानो बजेटको भएपनि सय करोडमा पुग्न थालेका छन् । आयुष्मानले अभिनय गरेको ‘बधाई हो’ पछि चलचित्र ‘ड्रिम गल’ले सय करोडको आँकडा छोएको हो ।

चलचित्र दोश्रो साताको शुक्रबार ५.३० करोड, शनिबार ९.१० करोड, आइतबार ११.०५ करोड र सोमबार ३.७५ करोडको व्यापार गरेको थियो । योसँगै चलचित्रको व्यापार १०१.४० करोड पुगेको छ ।
बलिउडमा अहिले आयुष्मान खुरानालाई कथा छान्न माहिर नायकको रुपमा चिनिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment