Comments Add Comment

कांग्रेसको दोस्रो चरणको जागरण अभियान: सरकारविरुद्ध हेटौंडामा प्रदर्शन

७ असोज, हेटौंडा । दोश्रो चरणको जागरण अभियानको अन्तिम दिन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध हेटौंडामा विरोध प्रदर्शन गरेको छ ।

बिरोध प्रदर्शनपछि हेटौंडामा आयोजित जागरण अभियान समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश ३ का कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाले वर्तमान सरकार काण्डै काण्डमा फसेको आरोप लगाए ।

वर्तमान सरकार हत्या, हिंसा, बलात्कार लगायतका काण्ड, सुन काण्ड, वाइडबडी जस्ता काण्डै काण्डमा फसिरहेको उनले बताए ।

नेपाली कांग्रेस मकवानपुरका पार्टी सभापति समेत रहेका बानियाले सरकार असफल हुँदा राज्यव्यवस्था विरोधी तत्व समेत सल्बलाइ रहेको बताए ।

देशमा नयाँ संविधानमार्फत व्यवस्था फेरिए पनि कम्युनिष्टको कारण पूर्वराजादेखि वर्तमान व्यवस्थाविरोधीहरु सल्बलाउन थालेको उनले बताए । संविधान विपरित ऐन कानून निर्माणमा सरकारले जबरजस्ती गरे कांग्रेसले सशक्त प्रतिकार गर्ने उनले चेतावनी दिए ।

हेटौंडाको पार्टी कार्यालयबाट निस्किएको विरोध र्‍याली बजारका विभिन्न भाग परिक्रमा गरी बुद्धचोकमा पुगेर विरोध सभामा परिणत भएको थियो ।

कांग्रेसले गत भदौ २५ गतेदेखि दोस्रो चरणको जागरण अभियान सुरु गरेको थियो ।  अभियानकाे अन्तिमदिन म‌ंगलबार कांग्रेसले ७७ जिल्ला सदरमुकाममा जिल्ला सभापतिको नेतृत्वमा विरोध र्‍यालीसहित सभाको आयोजना गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment