+
+
Shares

रामेछाप कप फुटसलको उपाधि अनेरास्ववियूलाई

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज ७ गते १७:५८

७ असोज,काठमाडौं । अनेरास्ववियू रामेछापले प्रथम रामेछाप कप फुटसल प्रतियोगिताको उपाधि जितेको छ । आइतबार भएको फाइनल खेलमा लिखु भुजी युवा क्लब रामेछापलाई ट्राइब्रेकरमा २–० ले पराजित गर्दै अनेरास्ववियूले उपाधि जितेको हो ।

शान्तिनगरस्थित शान्तिनगर फुटसलमा भएको फाइनल खेल निर्धारित समयसम्म गोलरहित टुङ्गिएपछि ट्राइब्रेकरमार्फत विजेताको टुङ्गो लगाइएको थियो ।

ट्राइब्रेकरमा नेकपाको भातृ संगठन अनेरास्ववियूका दुई खेलाडीले गोल गर्दा लिखु भुजीका कुनै पनि खेलाडीले गोल गर्न सकेनन् ।

यस्तै, डाइनामिक युथले तेस्रो स्थान हात पार्‍यो । तेस्रो स्थानका लागि आइतबार नै भएको खेलमा महाकाली युवा क्लबलाई २–० ले पराजित गर्दै डाइनामिक तेस्रो भएको हो । डाइनामिकका लागि नविन गुरुङ र समिर तामाङले एक/एक गोल गरेका थिए ।

उपाधिसँगै अनेरास्ववियूले २५ हजार प्राप्त गरेको छ । यस्तै, दोस्रो भएको लिखु भुजीले १५ हजार र तेस्रो भएको डाइनामिकले १० हजार पुरस्कार प्राप्त गरेको छ ।

विजेता टोली र खेलाडीहरूलाई रामेछाप जिल्लाका सांसद श्यामकुमार श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष पुरुषोत्तम कडेरिया, भलिवलका राष्ट्रिय रेफ्री सीताराम कार्की, व्यवसायी नेकपा तत्कालिन एमाले रामेछाप काठमाडौं सम्पर्क मन्चका सचिव राकेश श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।

विजेता टोलीलाई शुभकामना दिदै सांसद श्रेष्ठले समाचारमार्फत सबैलाई सुसूचित गर्ने पत्रकारहरूले फुटसल प्रतियोगितामार्फत जिल्लाबासीलाई जोड्ने महत्वपूर्ण काम गरेको बताएका थिए ।

रामेछाप–काठमाडौं पत्रकार समाजले आयोजना गरेको प्रतियोगितामा रामेछाप जिल्ला भरिबाट २७ टोलीले सहभागीता जनाएका समाजकी कोषाध्यक्ष यसिमा महतले बताइन् । सहभागी टोलीलाई आठ समूहमा विभाजन गरी प्रतियोगिताको सञ्चालन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?