Comments Add Comment

रेमिट्यान्सको वृद्धिदर २ प्रतिशतमा खुम्चियो

७ असोज, काठमाडौं । आर्थिक वर्ष २०७६/७७ को पहिलो महिनामा ७५ अर्ब ४० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले दिएको तथ्यांकअनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो नगन्य वृद्धि हो ।

आव २०७५/७६ को पहिलो महिनाको तुलनामा जम्मा २ प्रतिशतले मात्रै रेमिट्यान्स बढेको तथ्यांकले देखाएको छ । अघिल्लो वर्षको सोही अवधिमा वृद्धिदर ३३.१ प्रतिशत थियो । दशैको महिनालाई रेमिट्यान्सको मूख्य सिजन मानिन्छ ।

वैदेशिक रोजगारीमा जानेको संख्या घटेसँगै रेमिट्यान्स पनि घटेको नेपाल राष्ट्र बैंकले बताएको छ । अन्तिम श्रम स्वीकृति -संस्थागत तथा व्यक्तिगत-नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा १९.० प्रतिशतले घटेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यो संख्या ३०.८ प्रतिशतले घटेको थियो । पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा १.३ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १.१ प्रतिशतले बढेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment